ट्रेन्डीङ्ग

थारु पत्रकार संघ कपिलबस्तुको चौथो अधिवेशन सम्पन्न : नेतृत्वमा सरिता थारु

कपिलवस्तु । थारु पत्रकार संघ, नेपाल कपिलबस्तु शाखाको चौथो साधारण सभा तथा अधिवेशनबाट सरिता थारुको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिती निर्विरोध चयन भएको छ । जसको उपाध्यक्षमा सोनकुमारी थारु, सचिवमा सिर्जना थारु, सहसचिवमा नरेश थारु, कोषाध्यक्षमा अनिल रहनुभएको छ भने अन्य सदस्यहरु रहेको बताइएको छ ।

अधिवेशनको उद्घाटन गर्दै केन्द्रिय सचिव कमल सिंह थारुले कला, संस्कृतिको धनी जातिका रुपमा रहेको थारुको इतिहासँगै कला, संस्कृतिको संरक्षणका लागि थारु पत्रकारले इतिहास खोज्नुपर्ने धारणा राखे ।

थारुकल्याणकारीणी सभाका केन्द्रिय सदस्य सुमित्रा थारुले पत्रकारिता माध्यमबाट समाजलाई रुपान्तरण गर्नसक्ने आधार रहेकाले सञ्चारकर्मीलाई सिर्जनात्मक हुन आग्रह गरे । tharuu.webp

यसैगरि थारु कल्याणकारीणी सभा जिल्ला सभापती उमाशंकर थारु, महिला सभाका जिल्ला अध्यक्ष मन्जु थारु, बाणगंगाका नगर सभापति भग्गु प्रसाद थारुले बोल्दै थारु समुदायका मुद्दलाई सञ्चार माध्यमहरुले महत्वका साथ उठाउनुपर्ने उल्लेख गरे ।

सञ्चारक्षेत्र भनेकै राज्यबाट पछाडि पारेका दविएका जनताहरुको आवाज बुलन्द गर्ने माध्यम भएको भन्दैे थारु जातिको भाषा, संस्कृतिको संरक्षणमा केन्द्रीय मिडियाहरुदेखि स्थानीय मिडियाहरुले सहयोग गर्नुपर्ने बताए ।

थारु पत्रकार संघ कपिलबस्तुका उपाध्यक्ष द्धावारीका थारुको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लामा विभिन्न मिडियामा आबद्ध थारु पत्रकारहरुको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?