ट्रेन्डीङ्ग

वित्तीय साक्षरता कक्षाले आर्थिक बचत गर्न प्रेरित गरेको सहभागीहरुको भनाई

पुरन अधिकारी,चैत १७,सुनवल।सामी परियोजना कार्यन्वयनका लागि स्थानीय तहका पदाधिकारी सँग प्रगति समिक्षा र समन्वय एवं प्रमाणपत्र वितरण कार्यक्रममा बोल्ने वक्ताहरूले सामी परियोजनाको खुलेर प्रशसा गरेका छन ।
बिदेश जानु अघि सीप सिक्ने देखि नै विविध कुरामा सजग बनाउदै ,बिदेशमा अलपत्र र समस्यामा परेका,विविध घटना-दुर्घटना मृत्युु जस्ता जटिल समस्याहरु र बैदेशिक रोजगारीले निम्त्याउने मनोसमाजिक असरलाई समेत न्युनिकरण गर्न यो परियोजना सफल रहेको वक्ताहरूको भनाइ थियोे ।

सामी परियोजना र रामग्राम नगरपालिकाद्वारा आर्थीक वर्ष २०७७/०७८ मा सामी परियोजना र रामग्राम नगरपालिका द्वारा रामग्राम नगरपालिकाका वडा नं १,८,१६ र १८ गरि चार वटा वार्डमा संचालित वित्तीय साक्षरता र मनोसमाजिक परामर्श कक्षाका करिब ११० सहभागी महिलाहरु लाई प्रमाणपत्र वितरण कार्यक्रम रामग्रामको परासीमा सम्पन्न भएको थियो ।

इन्द्रेणी समाजिक विकास मञ्चकी उपाध्यक्ष सावित्री पौडेलको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ता ,विशिष्ट अतिथि उपप्रमुख रम्भा कुँवर ,प्रमुख प्रशासकिय अधिकृत राकेश पाण्डे रहनु भएको थियोे।सामी परियोजनाकी मनोपरामर्शकर्ता सुमित्रा चौधरीले संचालन गर्नुभएको सो कार्यक्रममा नगर शिक्षा प्रमुख रुद्रप्रसाद रेग्मी,रोजगार संयोजक सुमन ज्ञवाली,वडा नं १,१२ र १६ का वडा अध्यक्षहरु,इन्द्रेणी समाजिक विकास मञ्चका कार्यकारी निर्देशक बद्री प्रसाद सुवेदी,सामी परियोजनाका कार्यक्रम संयोजक ज्ञानेश्वर भण्डारी,परामर्शकर्ता रमा आले ,बित्तिय सहजकर्ता धन कुमारी चौधरी एवं सामी परियोजनाका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियोे ।

हप्ताको १दिन ६ महिना सम्म २४ वटा कक्षा संचालन गरि चलेको बित्तिय साक्षरता र मनोसमाजिक परामर्श कक्षाले श्रीमानले बिदेशबाट पठाउने पैसाको बचत गर्दै आफुहरुलाई जिविको पार्जन गर्न र स्वरोजगार बन्न उत्प्रेरणा दिनुको साथै अनावश्यक खर्च कटौती गर्दै बचत बढाउन प्रेरित गरेको सहभागी महिलाहरुको धारणा रहेको थियो।

बित्तिय ज्ञानको पहुँचले ग्रामीण क्षेत्रका महिलाहरुमा बचत गर्ने र स्वालम्बी बन्न थप उर्जा थपेको र नगरले समेत व्यक्तिगत र व्यक्ति पिच्छे स्वरोजगारका लागि कार्यक्रम ल्याउन नसकेतापनि समुह बनाई आवस्यक प्रक्रिया पुरा गरि आएमा जस्तोसुकै सीप र अार्थिक सहयोगका लागि नगर सदैब तत्पर रहेको कार्यक्रमका प्रमुख अतिथि रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले सहभागी माझ प्रण गर्नुभयो ।

बैदेशिक रोजगारीमा विधमान समस्याहरुलाई न्युनिकरण गर्दै नेपालका उन्नचालिस जिल्लामा संचालित सामी परियोजनाले सीप,सहि सुचना,न्यायमा सहजिकरण,बित्तिय ज्ञान र मनोपरामर्श गरि पाँच वटा क्षेत्रमा काम गर्दै आइरहेको छ भने पश्चिम नवलपरासीमा यो परियोजना स्थानीय सरकारहरु र इन्द्रेणी समाजिक विकास मञ्चको सहकार्यमा संचालन हुदै आइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal