ट्रेन्डीङ्ग

काठ दाउरा संकलन रोक लगाएपछि सामुदायिक वन एव उपभोक्ता आन्दोलित

कञ्चनपुर २८ पुष । सामुदायिक वनमाथि काठ दाउरा संकलन रोक लगाएपछि सामुदायिक वन एव उपभोक्ता आन्दोलित भएका छन । सरकारले गत जेठमा सामुदायिक वनमाथि काठ दाउरा संकलनमा रोक लगाएर विदेशबाट काठजन्य पदार्थ आयात गर्नुपर्ने बाध्यता भन्दै कञ्चनपुर सहित देशभरीका सामुदायिक वन सरकार बिरुद्धको आन्दोलनमा उत्रेका हुन । सामुदायिक वन पदाधिकारी एव उपभोक्ताहरुको भेलाले शिवदत्त पन्तको संयोजकत्वमा केन्द्रिय संघर्ष समिति चयन गरेर संगठित रुपमा सामुदायिक वन र उपभोक्ताले आन्दोलन गर्ने घोषणा गरेका छन ।

 

केन्द्रिय संघर्ष समितिका प्रवक्ता अर्जुन साउदले सरकारले सामुदायिक वनमाथि काठ दाउरा निषेध प्रतिबन्ध गरेसंगै वनमाथि दाउरामा निर्भर उपभोक्ता मारमा परेको भन्दै फुकुवाको माग अघि सारेर आन्दोलन घोषणा गरिएको बताए । प्रवक्ता साउदका अनुसार सामुदायिक वनकर्मी सहितको संघर्ष समिति गठन देखि सडकजाम गर्नेसम्मका गतिबिधी हुने छन । माघ ५ गतेसम्म सबै सामुदायिक वनमा संघर्ष समिति गठन, प्रचारप्रसार, छलफल, अन्तरकृया, आम भेला गरिनेछन । ६माघमा दैजी, झलारी, वाणि गुलरिया धनगढीमा एक घण्टा चक्का जाम गर्ने, माघ १०मा डिभिजन वन कार्यालय मार्फत सामुदायिक वनको विधान र कार्ययोजना बुझाउने कार्यक्रम रहेको छ । केन्द्रिय संघर्ष समितिका संयोजक शिवदत्त पन्तले जिल्लाबाट निकास ननिस्किएर केन्द्रमा गएरै भएपनि आन्दोलन गर्ने चेतावनी दिएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal