ट्रेन्डीङ्ग

नगर प्रमुखको उद्घाटन मोह,निर्माण कार्य सम्पन्न नहुदै उद्घाटन

विशेष संवाददाता।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले सोमबार एक अस्पताल भवनको उद्घाटन गरेका छन।

बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनका लागि आचार संहिता लागु हुनु भन्दा एक दिन पहिले उनले बर्दघाट २ चिसापानीमा भाडामा संचालन भैरहेको सरकारी अस्पताललाई यस अघि कोरोना कहरका समयमा निर्माण गरिएको आईसोलेसन भवनमा स्थानान्तरण गरी भवनको उद्घाटन गरेका हुन।आफ्नो कार्यकाल सकिनै लाग्दा नगर प्रमुख बस्यालमा उद्घाटनको मोह भने राम्रै देखियो। चिसापानी अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख बस्याल अस्पतालको भवन उद्घाटन कार्यक्रममा भने आफै अध्यक्ष रहेको संस्थाको कार्यक्रममा आफै प्रमुख अतिथि बने।आफुले अध्यक्षता गरी संचालन हुनुपर्ने कार्यक्रममा प्रमुख अतिथि बन्नकै लागि उनले वडा नम्बर २ का अध्यक्ष दया दर्लामीलाई अध्यक्ष बनाएर कार्यक्रम संचालन हुने बताबरण मिलाएर सोही अनुसार कार्यक्रम संचालन भएको थियो । उद्घाटन समारोहमा राखिएको ब्यानरमा समेत आयोजक संस्थाको नामै राखिएन । नगर प्रमुखको प्रमुख अतिथि मोह अरु केहीका लागि नभएर अस्पातल भवन उद्घाटन गरी अस्पताल भवनको भित्तामा शिलालेखमा नाम राख्नका लागि भएको स्थानिय बताउँछन।

आफै अध्यक्ष भएको सस्थामा आफै प्रमुख अतिथि हुनुले पनि नगर प्रमुखको प्रमुख अतिथि मोहलाई राम्रै संग झल्काएको स्थानियको भनाई छ।कोरोना कहरका समयमा आईसोलेसनका लागि निर्माण भएको भवनमा पुरै संरचना निर्माण नहुँदै हतार हतारमा उद्घाटन गरिएको हो। आचारसंहिता लागु भएपछि उद्घाटन गर्न नमिल्ने भएकोले निर्माण कार्य सम्पन्न नहुँदै भवन उद्घाटन गरिएको हो ।नगर भित्र रहेको अस्पताल आफ्नै भवनमा सर्दा भब्य समारोहको आयोजना हुनु पर्ने हो ।नगरका सबै जनप्रतिनिधिको उपस्थिति हुनु पर्ने हो तर उद्घाटन कार्यक्रममा भने नगरका अधिकांश जनप्रतिनिधिको अनुपस्थिति देखियो । स्थानियको उपस्थिति पनि खासै देखिएन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?