
अनिल नेपाली,अर्घाखाँची,१८ चैत।नेकपा(एमाले)का केन्द्रिय सचिब तथा पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले स्वर्गीय बृद्धि रायमाझी कम्युनिस्ट पार्टीका योद्धा भएको बताउनुभएको छ।
सन्धिखर्क नगरपालिका वडा न २ को आयोजना मञ्जरी युवा क्लबको व्यबस्थापन आज सम्पन्न भलिबल प्रतियोगितको उद्घाटन गदै रायमाझीले यस्तो बताउनुभएको हो।
रायमाझीले मुलुकमा राजनितिक क्रान्ति सम्पन्न भई मुलुकमा आर्थिक समृद्धि विकास युग सुरु भएको बताउदै विकासमा सबै एक भएर लाग्नुपर्ने बताउदै खेल क्षेत्रको विकासले मात्र देशको विकास हुने बताउदै खेल क्षेत्रको उत्थान र विकासको लागि सबै लाग्नुपर्ने बताउनुभएको थियो।
कार्यक्रममा सन्धिखर्क नगरपालिका नगर प्रमुख कमल प्रसाद भुसालले खेल क्षेत्रको विकासले मानिसको जीवनयापन समेत सहज हुने भएकोले विकासमा कसैले पनि राजनितिक नगरी एक भएर लाग्नुपर्ने बताउनुभएको थियो।
कार्यक्रम वडा न २ का अध्यक्ष मोतिजङ्ग रायमाझीको अध्यक्षता वडा सचिब पुष्पा भुसालको सञ्चालन वडा सदस्य सुष्मा श्रेष्ठको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा जिल्लामा क्रियाशिल राजनितिक दल सञ्चारकर्मी समाजसेबी खेलाडी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।