
चैत १५,परासी। प्रहरी प्रधान कार्यालयले ३ जिल्लाका प्रहरी उपरिक्षक(एसपी)हरुको काज सरुवा गरेको छ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा ऋषिराम कँडेललाई काज सरुवा गरिएको छ।
मोरङमा शान्तिराज कोइरालालाई पठाइएको छ भने सिन्धुपाल्चोकमा रामेश्वरप्रसाद यादव काजमा सरुवा गरिएको छ ।
सिन्धुपाल्चोकमा कार्यरत राजन अधिकारीलाई अख्तियारमा सरुवा गरिएको छ।
पश्चिम नवलपरासीमा कार्यरत मनोजकुमार यादवलाई गण्डकी प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय,पोखरामा सरुवा गरिएको छ ।
मोरङमा कार्यरत एसपी जनार्दन जिसीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय,रानीपोखरीमा काज सरुवा गरिएको छ ।