ट्रेन्डीङ्ग

विषादी मिसिएको पानी पिउँदा खोटाङमा तीन विद्यार्थी बिरामी

चैत १४,खोटाङ। विषादी मिसिएको पानी पिउँदा खोटाङमा तीन विद्यार्थी बिरामी परेका छन् ।

विद्यालयमा जारमा राखिएको पानी पिउँदा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा रहेको दाम्ली माविमा अध्यनरत बिद्यार्थीहरु बिरामी परेका हुन । बिरामी हुने कक्षा ८ मा अध्ययनरत छात्र दविन राई, कक्षा ९ मा अध्ययनरत छात्रा प्रनिसा कुँवर र उर्मिला विक बिरामी परेका हुन् ।
दाम्ली माविका प्रधानाध्यापक गमराज राईका अनुसार विषादी मिसिएको पानी पिउँदा बिरामी परेका राई र विकको उदयपुरको घुर्मीमा रहेको एक अस्पतालमा र कुवँरको ओखलढुङ्गाको एक अस्पतालमा उपचार भइरहेको छ । उनिहरुको स्वास्थ्य अवस्था सुधार भइरहेको छ ।

विद्यालयका परिचरले आज बिहान सधैँझैँ धाराबाट एक जार पानी ल्याएर राखेका थिए । विद्यालयमा पहिलो जारको पानी सकिएपछि दोस्रो जार पानी ल्याइएको थियो । त्यो पानी केही छात्रले पिएका थिए । त्यसपछि पानी पिउन गएका तीन छात्र÷छात्रा बिरामी परेका हुन् ।

पानी दुधिलो भएको र मेटासिटको गन्ध आएकाले पानीमा विष मिसाइएको अनुमान गरिएको छ । पानीमा विषादी मिसिएको आशङ्कामा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक डीएसपी उमेश लम्सालले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal