ट्रेन्डीङ्ग

सुनवल:भोली देखि पाँचौं मेयरकप फुटवल प्रतियोगिता शुरु हुने

सुनवल,चैत्र ११।पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले पाँचौ मेयरकप फुटवल प्रतियोगिता भोलि सनिवार देखि संचालन हुने भएको छ।

सुनवल नगरपालिका वडा नं ८ स्थित सिरानटोल खेल मैदानमा अपराह्न २ बजे देखी खेल संचालन हुने नगरपपालकाले जनाएको छ।

नगरस्तरीय फुटवल प्रतियोगीतामा नगरभित्रका सवै १३ वटै वडाबाट १/१ वटा टिम सहभागि गरी कुल १३ टिम रहने वडा नम्वर ८ का वडाध्यक्ष साथै खेल संयोजक निलकण्ठ गैरेले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

खेलमा विजेता समुहलाई नगद १ लाख ३० हजार र प्रमाणपत्र, उपविजेता समुहलाई नगद ७० हजार र प्रमाणपत्र, सेमिफाईनलमा पुग्ने २ वटा टिमलाई प्रतिटिम नगद २५/२५ हजार साथै विभिन्न विधाका उत्कृष्ठ खेलाडी, उत्कृष्ठ कोच तथा व्यवस्थापकलाई समेत पुरस्कारको व्यवस्था रहेको सहआयोजक मेयरकप फुटवल उपभोक्ता समिति सुनवल ८ का संयोजक रेशम रानाले जानकारी दिनुभयो । साथै १० औं हजार दर्शकले खेल अवलोकन गर्ने अपेक्षा आयेजकले राखेको संयोजक रानाको भनाई छ ।

मेयरकप फुटवल प्रतियोगितामा प्रत्येक खेलाडी सम्बन्धित वडाको स्थाई वासिन्दा हुनुपर्ने छ भने खेलाडीको नागरीकता प्रमाणपत्र, अन्यत्रबाट बसाईसराई गरी आएको भए बसाईसराईको प्रमाणपत्र अनिवार्य गरीएको नगरपालिकाले जनाएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal