ट्रेन्डीङ्ग

साना किसान कृषि सहकारी लिमिटेड भुमहिको २०औं साधनसभा सम्पन्न

पुष २८ नवलपरासी। साना किसान कृषि सहकारी सस्था लिमिटेडको २०औँ बार्षिक साधारण सभा आज(मंगलबार )सम्पन्न भएको छ ।

सस्थाका अध्यक्ष तिल प्रसाद भण्डारीको अध्यक्षता सुनवल नपा नगर उपप्रमुख ददिराम अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नपाका ११ वडा तथा पुर्व अध्यक्ष देविलाल डुम्रे ,१२का वडा अध्यक्ष यामलाल पाण्डे  ,डा.स्याम न्यौपाने लगायतले मन्तब्य राख्नुभएको थियो ।

सो अवसरमा अध्यक्ष तिल प्रसाद भण्डारीले अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा प्रतिबेदन लेखा समयोजक तोयानाथ न्यौपानेले प्रस्तुत गर्नुभएको थियो ।

कुल सम्पत्ति १८ करोड २१ लाख ४३ हजार ७ सय ८१ रुपैया रहेको संस्थाले गतबर्ष ७३ लाख ९६ हजार २ सय २९ नाफा गरेको संस्थाले यो बर्ष भने ७३ लाख ४३ हजार ९ सय १९ रुपैयाँ शुद्धनाफा गरेको छ।

सस्थाकी उपाध्यक्ष लक्ष्मी भट्टराई गौतमको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन सदस्य उपेन्द्रमान श्रेष्ठले गर्नुभएको थियो ।

२०५४ सालमा स्थापना भएको यस सस्थामा हाल १ हजार ३ सय ४४ शेयर सदस्यहरु आबद्ध छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?