ट्रेन्डीङ्ग

संघिय संसदकै झल्को दिने गरी सन्धिखर्क नगरपालिकाको हिउदे अधिबेशन

अनिल नेपाली पुष २८ अर्घाखाँची। अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले संघिय संंसद भवनको झल्को दिने गरि हिउदे अधिबेशन तथा आठौ नगर सभा अबिधेशन सम्पन्न गरेको छ ।
नगर सभामा आर्थिक ऐन २०७७ का अनुसचीका दररेट संशोधन माथी छलफल , आर्थिक बर्ष २०७७।७८ को योजना तथा बजेट रकमान्तर , संशोधन तथा कर्मचारी सेवा सुविधा सम्बन्धि प्रतिवेदन, बेरुजु सम्बन्धि विवरण नगर उपप्रमुख ठाकुर कुमार बिकले प्रस्तुती गरेका थिए । नगर प्रबक्ता लिलाराम गौतमले कार्यपालिका निर्णयहरुको सारसंक्षेप प्रस्तुती गरेको प्रमुख प्रशासकीय अधिकृत कष्ण प्रसाद सापकोटाले बताउनु भयो ।
प्रस्तुत गरेको प्रतिबेदन तथा बिधेयकमा सुझाब राख्न नगरसभाका सदस्यहरुलाई ३ मिनेटको समय उपलबध गराएर सबैको सर्ब सहमतिमा बिधेयक तथा संसोधनहरु पारित गर्दै अधिबेशन सम्पन्न भएको नगर सभाका अध्यक्ष कमल प्रसाद भुसालले बताउनु भयो ।
हिउदे अधिबेशनको शुन्य समयमा बोल्दै नगर सभाका सदस्यहरुले कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा कार्यक्रमहरु बनाउनु पर्ने, गरिब र विपन्नमुखी कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने, सामुदायिक विद्यालयको गुणस्तर बृद्धि गर्न नँया कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने, भौतिक बिकासका काम मात्र नभइ सामाजिक विकासका कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने, लगायतका विषयमा नगर सभाको ध्यानाकर्षण गराएका थिए ।
शुन्य समयमा नगर सभाका सदस्यहरु लक्ष्मण पराजुली, शुस्मा श्रेष्ठ, विष्णु प्रसाद आचार्य, दधिराम सोमै, देवी थापा, नरेन्द्र आचार्य, विष्णु प्रसाद भुसाल, सुमित्रा बिक, सुमित्रा मुखीया, मिना सावत, उमेश अधिकारी, नारायण अर्याल लगायत बोल्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal