ट्रेन्डीङ्ग

विजयनगरको नमुना बिद्यालयमा झडप,प्रहरी घाइते, बिद्यालय तोडफोड

कपिलवस्तु  । कपिलवस्तुको विजयनगर गाउँपालिका १ मा गुगौलीमा दुधाधारी माध्यामिक विद्यालयमा विद्यार्थीहरु बिच झडप भएको छ । होलिको टिकाको बिषयमा सुरु भएको बिबादले बिद्यालय परिसर तनावग्रस्त भएको छ ।
विद्यार्थीको दुई समूह विच झडप हुदा १  जना शिक्षक घाइते भएका छन ।   

तनावग्रस्त भिडलाई तितरबितर गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको गणेशपुर प्रहरी कार्यालयका प्रहरी निरीक्षक रण बहादुर विष्टले जानकारी दिनुभयो । बिद्यालयम्मा रहेका १ दर्जन बढी कम्प्युटरमा क्षेती पुगेको छ भने झ्याल ढोकाहरु फुटेका छन । झडपमा आक्रोशित विद्यार्थीहरु ढुङ्गा प्रहार गरि तोडफोड गरेको थिए ।   

विद्यालय परिसर झन्डै तीन घण्टा सम्म तनावग्रस्त रहेको थियो । झडपमा १२ जना शसस्त्र प्रहरी घाइते भएका छन ।उनिहरुको सन्जिवनी अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ । अहिले अवस्था सामान्य रहेको र दुबै समुहका विद्यार्थी अभिभावक बिच छलफल भइरहेको बिद्यालय प्रशासनले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal