ट्रेन्डीङ्ग

सुगरग्रस्त दिपक कवरलाई उपचारको लागी सहयोग जुट्दै

रमेश भुसाल,चैत्र ४ सुनवल । असाय विपन्नलाई सहयोग गरेको भन्दै पश्चिम नवलपरासी सुनवल ६ का स्थानियहरुले खुसी व्यक्त गरेको छन् । सुनवल ६ निवासी दिपक कवंर लामो समय देखि सुगर रोगले ग्रस्त भएको र उनको उपचार गर्ने कोहिपनी नभएको अवस्थमा मानवताका लागी सहकार्य समाजका अध्यक्ष नविना ज्ञावालिको पहलमा ओमकार टेलिभिजनले नगद रु ३० हजार आर्थिक सहयोग गरेको हो ।

मानवताका लागी सहकार्य समाजका अध्यक्ष नविना ज्ञावालीकै उपस्थीतिमा हस्तान्तरण गरिएको नगद रकम कवर समाज द्धारा दिपक कवरलाई उपचार तथा खाद्यन्न र अन्य आवश्यकतामा खर्च गरिने गरि हस्तान्तरण गरेको स्थानिय समाजसेवि दिलिप चापागाईले जानकारी दिनुभयो ।

नगद रकम हस्तान्तरण कार्यक्रममा स्थानिय तथा पुर्व सुनवल गा.वि.स अध्यक्ष थान प्रसाद गैरे,स्थानिय याम वहादुर शाही, रुकमागत वस्याल,चन्द्रकान्त पाठक लगायतले मानवताका लागी सहयकार्य समाजले गरेको राहतले गरिव असाय तथा विपन्नको लागी निकै महत्व राख्ने भन्दै सवैलाई दिपक कवरको उपचारको लागी सहयोग अभियानमा जुट्न आग्रह गर्नुभयो । सो अवसरमा असाहाय दिपक कवरलाई स्वास्थ्य विमा एवं स्वास्थ्य चोकजाँच समेत गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal