
प्रदिप ज्ञवाली,चैत ३ बिहीबार ,सैनामैना । नेपाल स्काउट सैनामैना स्थानीयले मास्क बैंक स्थापना गरेको छ । सैनामैनाको वडा नं ६ कलाैनीमा रहेको रामापुर नमुना माध्यमिक विद्यालयमा सो मास्क बैंक स्थापना गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सैनामैना नगरपालिकाका प्रमुख स्काउट सैनामैनाका संरक्षक चित्रबहादुर कार्कीले स्काउटले गर्ने सामाजिक कार्यमा सदैव सहयोग गर्ने बताउनुभएको छ । नगर भित्रका सम्पुर्ण विद्यालयमा स्काउट गठन गरि बिद्यार्थीहरुलाइ सामाजिक कार्यमा जोड्नु पर्ने बताउनुभएको थियो ।
मास्कको हुनसक्ने अभावलाई घटाउन अनि परिवर्तनशिल समयमा पुनःअन्य भाइरसका भेरियन्टहरु उत्पन्न हुन सक्छ भन्दै पुर्व सचेतना एवम सुरक्षाका लागि मास्क बैंक स्थापना गरिएको जानकारी सुरज रिजालले दिनुभएको हो ।कार्यक्रममा नेपाल स्काउट लुम्बिनी प्रदेशकाका तदर्थ समिति सदस्य भरत अर्याल र विद्यालयका व्यवस्थापन समिति अध्यक्ष जीवन ज्ञवाली आदिले मन्तव्य राख्नु भएको थियो ।
माक्स बैंक स्थापना लागि सत्र हजार पाँच सय थान सर्जिकल मास्क रामापुर नमुना माध्यमिक विद्यालयलाइ हस्तान्तरण गरिएको छ।
उक्त कार्यक्रम नेपाल स्काउट सैनामैना स्थानीय समितिका संयोजक लेखनाथ खनालको अध्यक्षतामा , सैनामैना नगरपालिका मेयर तथा स्काउट संरक्षक चित्रबहादुर कार्कीको प्रमुख आतिथ्यतामा,प्रदेश स्काउट तदर्थ समितिका सदस्य भरत अर्याल,नारायण अर्याल,प्रदेश निर्देशक तारा पुरी,रामापुर नमुना माध्यमिक विद्यालयका ब्यबस्थापन समिति अध्यक्ष जीवन ज्ञवाली,प्रध्यानाध्यापक कृष्ण पौडेल,नेपाल स्काउट सैनामैना स्थानीय समिति सदस्य सुमित सापकोटा,आशिस पोख्रेल,नेपाल स्काउट सदस्य तथा रामापुर माध्यमिक विद्यालयका सदस्यहरुको उपस्थिती र नेपाल स्काउट सैनामैना स्थानीय समिति सदस्य रमेश घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।