ट्रेन्डीङ्ग

एमसिसी सम्झौता विरुद्ध उदयपुरमा बिरोध

अनिता गजमेर,चैत २, उदयपुर। एमसिसि सम्झौताको विरुद्ध किसान संगठनले उदयपुरको कटारी बजारमा राष्ट्रघाती एमसिसी सम्झौता संसदबाट पारित भएको विरुद्ध बिरोध प्रदर्शन गरेको छ।

उदयपुरको कटारी नगरपालिकामा नेकपा विप्लव नेतृत्वको नेपाल किसान महासंघ(क्रान्तिकारी) सहित राष्ट्रघाती एमसिसी विरुद्धमा आन्दोलनरत ६ दल र २ मोर्चा निकटका किसान संगठनहरुको संयुक्त संघर्ष समितिको आयोजनामा एमसिसीको बिरोधमा प्रदर्शन सहित सभा सम्पन्न भएको छ। बिरोध सभालाइ संयुक्त संघर्ष समितिका नेताहरुले सम्बोधन गरेका थिए।


नेताहरुले राष्ट्रघाती एमसिसी सम्झौताले नेपालको राष्ट्रिय स्वाधीनतामा गम्भीर रूपमा संकट निम्ताउने काम गरेको बताएका थिए।उनीहरुले बिदेशीले दिएको सहयोगको लोभमा राष्ट्रलाइ कसैको उपनिवेश बनाउने हर्कत स्वाभिमानी नेपाली जनतालाइ स्विकार्य नहुने बताउदै जस्तो सुकै चुनौती आए पनि आफुहरु पछाडि नहट्ने र एमसिसि कुनै हालतमा कार्यन्वाय गर्न नदिने बताएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal