ट्रेन्डीङ्ग

झापा सुपर लिग हुँदै,खेलाडी छनोट अक्सन मार्फत हुने

प्रविण विद्रोही,चैत १,झापा । कोरोना महामारीका कारण लामो समयदेखि थला परेको नेपाली क्रिकेटलाई पुरानै लयमा फर्काउने उद्देश्यका साथ झापामा पहिलोपटक झापा सुपर लिग (जेएसएल) क्रिकेट प्रतियोगिता हुने भएको छ। लर्डबुद्व क्रिकेट एकेडेमी मेचीनगरकाे आयोजनामा बैशाख १ गतेदेखि ७ गतेसम्म चल्ने उक्त प्रतियोगिताकाे बिषयमा आज आयोजकले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।

उक्त प्रतियोगिता सञ्चालनकाे तयारीमा जुटेको आयोजकले प्रतियोगिता सम्पन्न गर्नका लागि झण्डै १२ लाखकाे हाराहारीमा खर्च निस्कने जानकारी दिँदै धेरै व्यवसायिक संस्था र निजी क्षेत्रहरूबाट प्रायोजनकाे आश्वासन पाएको र छिट्टै मुख्य प्रायोजक र अन्य प्रायोजककाे टुंगो लाग्ने जानकारी दिएको छ। प्रतियोगिता मेचीनगर -६ काकडभिट्टा स्थित काकडभिट्टा माविको खेलमैदानमा हुने आयोजकले जानकारी दिएको छ।

प्रतियोगितामा खेलाडी छनोट अक्सन मार्फत हुने र अक्सनकाे अनलाइन फारम आज बेलुका ५ बजेपछि खुल्ने आयोजकले जानकारी दिएको छ। यो खालको प्रतियोगिता झापामा पहिलोपटक हुन लागेकाले केही कठिनाइ र चुनौतीहरू रहेकाे उल्लेख गर्दै सबै खेलप्रेमीहरूकाे साथ र सहयोगमा प्रतियोगिता सफल हुने लर्ड बुद्ध क्रिकेट एकेडेमीका अध्यक्ष हिमाल विकेले जानकारी दिए।

उक्त प्रतियोगितामा पाँच टिम सहभागी हुनेछन्, भने सहभागी ४ टिमकाे टुंगो लागिसकेको छ । प्रतियोगितामा प्रविण अग्रवाल मालिक रहेको धुलाबारी टाइगर्स , अर्पण राई मालिक रहेको भद्रपुर राइजिङ किङ्स, सुमन प्रसाईं मालिक रहेकाे विराट वारियर्स र सोभित बास्तोला मालिक रहेको बाेस्टन इगल्सकाे टुंगो लागिसकेको छ।

प्रतियोगितामा प्रत्येक टिमले प्रदेश स्तरका २ र राष्ट्रिय खेलाडी एकजना गरि ३ जना खेलाडी जिल्ला बाहिरको टिममा समावेश गर्न पाउनेछन् भने खेलाडी छनोटमा एउटा टिमले बढिमा ६० हजार रुपैयाँ सम्म खर्च गर्न पाउनेछन् । प्रतियोगिताका मार्कि प्लेयरलाई ५ देखि ८ हजार सम्मको बोली लगाउन पाइनेछ भने “A” लेबलकाे खेलाडीलाई ४ देखि ५ हजारसम्म , “बी” लेबललाई ३ हजारदेखि ४५०० सम्म र “सी” लेबललाई २ हजारदेखि ३५०० सम्म बोली लगाउन पाइनेछ । त्यस्तै प्रतियोगितामा इमेर्जिङ प्लेयरलाई १५०० देखि २५०० सम्मको बोली लगाउन पाउने आयोजकले जानकारी दिएको छ।

प्रतियोगिताकाे विजेता टोलीले नगद रु २ लाख ११ हजारसहित ट्रफी पाउने छ भने उपविजेता टोलीले नगद रु. १ लाख ११ हजार सहित ट्रफी पाउने छ । प्रतियोगिताकाे बेस्ट बलरले १० हजार, बेस्ट, प्लेयरले १५ हजार, बेस्ट फिल्डरले ५ हजार र प्रत्येक खेलकाे म्यान अफ द म्याचले नगद रु. २५०० प्राप्त गर्नेछन् । त्यस्तै दर्शकका लागि एकहातले छक्का क्याच गर्ने जो काेहिले १५०० रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडी समेत आउने र प्रतियोगिता भव्य हुने आयोजककाे विश्वास रहेको छ।

पत्रकार सम्मेलनमा प्रमुख अतिथिका रूपमा राष्ट्रिय क्रिकेट टोलीका पुर्व खेलाडी तथा हालका सहायक प्रशिक्षक मनोज कटुवाल , जिल्ला क्रिकेट संघ झापाका अध्यक्ष प्रविण थापा , आयोजक लर्ड बुद्ध क्रिकेट एकेडेमीका अध्यक्ष हिमाल विके , सहभागी टिमका मालिक लगायतको उपस्थिति रहेको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal