ट्रेन्डीङ्ग

साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न

अर्घाखाँची । उन्नतीको सहयात्री ,तपाई हाम्रो सुःख–दुःखको साथी, भन्ने मुख्य नारा सहीत स्थापित साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क –२ चुत्राबेसीको आठौं बार्षिक साधारण सभा सनिबार सन्धिखर्कमा सम्पन्न भएको छ ।

कोभिड १९ का कारण जुम प्रविधिको माध्ययमबाट सम्पन्न भएको साधारण सभाको सन्धिखर्क नगरपालीका नगरप्रमुख कमलप्रसाद भुसालले पानसमा दिप प्रज्ववलन गरी कार्यक्रको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा मनतब्य राख्दै नगरप्रमुख भुसालले सहकारीको माध्यमबाट बेरोजगार युबाहरुलाई कसरी रोजगार दिलाउन सकिन्छ भन्ने बिषयमा ब्यापक छलफलगरी योजना बनाएर अगाडी बढ्ेमा सहकारीको ब्यापकता अझ बढ्ने बताउनु भयो ।

भुसालले स्थानिय स्तरमा उपलब्धहुने स्रोत साधनको प्रयोगगरी बिभिन्न प्रकारका उद्योग सञ्चालन गर्ने र कृषिलाई आधुनिकिकरण गरी जिल्लालाई उत्पादन मुखी बनाउनुपर्नेमा जोड दिनुभयो । साथी सहकारी जिल्लाकै एउटा नमुना सहकारी भएको भन्दै नगरप्रमुख भुसालले साथीबाट अन्य सहकारीहरुलेपनि सिको गरी सहकारीताको क्षेत्रमा आमुल परीबर्तन ल्याउन आग्रह समेत गर्नुभयो । उहाँले सहकारीताको माध्ययमबाट बिकासगर्न नगरपालीकाले हरदम सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

संस्थाका अध्यक्ष धर्मराज भुसालको अध्यक्षता,केशब घिमिरेको स्वागत मनतब्य र कार्यकारी निर्देशक प्रकाश भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा अध्यक्ष धर्मराज भुसालले प्रगति प्रतिबेदन,कार्यकारी निर्देशक प्रकाश भुसालले संस्थाको प्रस्तावित कार्यक्रम बजेट तथा निति र योजना एवं लेखा संयोजक नेत्र प्रसाद भुसालले लेखा समितिको तर्फबाट तयार पारीएको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा असल ऋृणकर्ताहरु रीता रायमाझी, राम बहादुर सुनार,यमकला खनाल तथा असल बचत कर्ता कमला बेल्वासे, रबीन्द्र खनाल र उत्कृष्ट कर्मचारी टिकाबहादुर घर्ति क्षेत्रीलाई सम्मान गरीएको हो । यस्तै पत्रकारीताको माध्ययमबाट संस्थाका गतिबिति सु–सुचित गराउन महत्वपुर्ण भुमिका निर्बाह गरेको भन्दै पत्रकार कमल बिष्टलाई प्रमाणपत्र र नगद रकम सहीत सम्मान गरीएको हो ।

२०६९ सालमा स्थापित साथी सहकारी संस्था छोटो समयमै जिल्लाको मात्रै नभई सामाजीक उत्तरदायीत्व अन्र्तगत गर्ने क्रियाकलापहरुमा देशकै उदाहरणिय संस्था बन्नुको साथै तत्कालीन डिभिजन सहकारी कार्यालय कपिलबस्तुबाट २÷२ पटक सम्म उत्कृष्ठ सहकारी पुरस्कारबाट पुरस्कृत समेत भएको छ ।

२४८८ जना शेयर सदस्य रहेको संस्थामा हालसम्म २ करोड ७४ हजार ३ सय रुपैया शेयर पुँजी रहेको छ भने, १० करोड ९ लाख २३ हजार ६ सय १० रुपैया बचत संकल हुनको साथै ७ करोड ८२ लाख ३४ हजार ९ सय ३१ रुपैया ऋण लगानी भएको संस्थाले जनाएको छ ।

संस्थाले हाल बिभिन्न १० वटा साथी बचत योजना र ऋण योजनाहरु सन्चालन गर्नुको अलवा बिभिन्न चेतनामुलक कार्यक्रम,तालीम,छात्रबृत्ति बितरण,राहत बितरण लगायतका उल्लेखनिय गतिबिधिहरु सञ्चालन गर्दे आईरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?