ट्रेन्डीङ्ग

झापा गोल्डकप:उपाधीका लागि आज आर्मी र झापा ११ भिड्दै

प्रविण विद्रोही,३० फागुन,झापा । मोफसलकै सर्वोत्कृष्ट फुटबल प्रतियोगिता अन्तर्गत झापामा जारी नेपाल आइस पाँचौ झापा गोल्डकपमा आज उपाधिका लागि घरेलुु टोली झापा -११ र त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुँदैछ ।

घरेलुु टोली झापा ११ सेमिफाइनलमा संकटा क्लबलाई पराजित गर्दै फाइनल आइपुगेको हो भने विभागीय टोली त्रिभुवन आर्मीले सातदोबाटोलाई पराजित गर्दै फाइनल आइपुगेको हो ।

झापाको बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा हुने खेलमा झापा–११ र त्रिभुवन आर्मी फुटबल क्लब दुवैले उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्नेछन् ।

बिर्तामोडस्थित होटल दि किङ्सबरीमा भएको प्रि म्याच कन्फरेन्समा दुवै टोलीले जित्ने रणनीतिका साथ मैदानमा उत्रने बताएका छन् ।

झापा–११ का प्रशिक्षक सन्तोष गुरुङले झापामा स्टार खेलाडी भएका कारण जित निकाल्न सहज हुने बताए । उनले चारपटकसम्म झापाले उपविजेतामा चित्त बुझाएकाले यसपटक जित निकाल्ने बताए । त्यस्तै आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आफ्नो टोलीले विगतको तुलनामा खेल सुधार गरेका कारण जित्ने दाबी गरे । उनले झापामा कलेक्टिभ खेलाडी रहेका कारण पनि जित निकाल्न सहज हुने बताए ।

यसअघि तीनपटक आर्मीले झापा गोल्डकपको उपाधि जितेको छ । झापाले भने चारपटक नै उपविजेतामा चित्त बुझाएको हो। पाँचौँ संस्करणको झापा गोल्डकपको उपाधि विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद पाउने छन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार रुपैयाँ दिइनेछ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् ।
त्यस्तै, झापा गोल्डकपले यसपटक झापा–११ का खेलाडी विशाल राई ‘ए’लाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिने भएको छ । उनले एक थान मोटरसाइकल पाउने आयोजक समितिका अध्यक्ष बिनोद बस्नेतले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal