ट्रेन्डीङ्ग

पुर्वाधारमा लगानी गर्ने उद्देश्य सहित उमेश सप्लायर्सको मुख्य कार्यलय काठमाडौमा उद्घाटन

काठमाडौ। काठमाडौ महालक्ष्मी बोजे पोखरी स्थित पुर्वाधारका क्षेत्रमा लगानी गर्ने उद्देश्य सहित उमेश सप्लायर्स प्रालिको मुख्य कार्यालयको उदघाटन भएको छ। आज सोमबार पुर्व प्रमुख अनुसन्धान अधिकृत बिद्या कुमार थापा क्षेत्रीले उद्घाटन गर्नु भएको हो।
उद्दघाटनमा उमेश सप्लायर्सका प्रबन्धक अध्यक्ष उमेश प्रसाद यादबले स्वागत सहित कम्पनीले विविध क्षेत्रमा गर्ने ब्यवसाय सम्बन्धि जानकारी गराउनु भएको थियो।
अध्यक्ष उमेशले भने”कम्पनीले स्वास्थ्य,सूचना प्रविधि,रियल स्टेट,खनिज तथा उत्खनन,जलविधुत,बत्ती तथा पाइप,फोहोर ब्यवस्थापन लगायका क्षेत्रमा ब्यवसाय एवं लगानी गरिने बताए।

भारतिय कम्पनी फर्न्टेन ग्लोबल प्रालिका निर्देशक शिरोमणि शर्मा,सुमन कुमार बस्नेत एवं सुमित सेनगुप्ताको उपस्थिति रहेको कार्यक्रममा उमेश सप्लायर्स प्रालि भारती कम्पनी फर्न्टेन ग्लोबल प्रालि बिच आपसी सम्झौता गरिएको अध्यक्ष उमेश जानकारी दिनु भयो। सम्झौता पछी नेपाल एवं बिदेशी बजारहरुमा पनि उपलब्ध एवं निर्यात गर्ने सहज हुने बताउनु भयो ।

फर्न्टेन ग्लोबल कम्पनी भारतका निर्देशक शिरोमणि शर्माले उमेश सप्लायर्स कम्पनीलाई सुभकामना दिदै आफ्नो कम्पनीले पुर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
टिकाथली प्रहरी चौकीका प्रहरी नायब निरीक्षक देवानन्द यादव,भुतपुर्व अभियन्ता भरत राज श्रेष्ठ एवं प्रमुख अतिथि विद्या कुमार थापा छेत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको संचालन फ्रन्टेन ग्लोबल एवं उमेश सप्लायर्स प्रालिका निर्देशक सुमन कुमार बस्नेतले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal