
प्रदिप ज्ञवाली,फागुन २८,सैनामैना । सैनामैनामा रहेको अनेरास्ववियु नगर कमिटीले आज एक कार्यक्रमको आयोजना गरी आफ्नो चाैथो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले पवन भुसालको अध्यक्षतामा निर्विरोध ३९ सदस्यीय नयाँ कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा भोजराज भण्डारी र अमृता भट्टराइ रहनु भएको छ।
यस्तै कमिटीको सचिवमा सुरज रिजाल रहनु भएको छ भने सहसचिवमा क्रमशः विकास रास्कोटी , जीवन न्याैपाने र सुमन न्याैपाने रहनुभएको छ । कोषाध्यक्षमा भने नवराज खनाल चयन हुनुभएको हो ।
सदस्यहरुमा महिलाबाट आठ जना, दलितबाट एक जना र जनजातिबाट एक जना चयन हुनुभएको छ भने भुगोल समेटिने गरि एघार वटा वडाबाट २२ जना समावेश हुनुभएको छ ।
महिला सदस्यमा क्रमशः रेखा खत्री, मोनिका पन्त , बिमला गुरुङ्ग , आरती खड्का ,रोजिना राना, जेनिसा सुवेदी, उर्मिला धिमिरे रहनुभएको छ ।
भुगोल समेटिने गरि क्रमशः वडा नं एकवाट बिनोद श्रीस र आकाश पन्त दुइबाट बिनोद पाण्डे र सन्दिप ज्ञवाली, तीनबाट आदर्श क्षेत्री र पुष्पा भण्डारी, चारबाट अस्मित भण्डारी र आकृति खनाल पाचबाट यादव भट्टराइ र रञ्जित पाण्डे छबाट प्रदिप पाण्डे र अविनास पाण्डे सातबाट सागर बेल्वासे र मनोज भुसाल आठबाट बिबेक पोखरेल र सागर खत्री नाैबाट निस्चल अधिकारी र बिनोद राना दशबाट कमल रेग्मी र दिपेश ज्ञवाली एघारबाट दयाराम बस्याल र सन्दिप ज्ञवाली चयन हुनुभएको छ । भने दलितबाट दिल्सन नेपाली र आदिवासिबाट हिमाल सोमरे चयन हुनुभएको छ ।
कार्यक्रमको खुल्ला सत्रमा बोल्दै कार्यक्रमका अतिथी नेकपा एमाले रुपन्देहीका सहसचिव सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले बलियो सङ्गठनका रुपमा रहेको अनेरास्ववियुले सृजनशिल काम गर्दै धेरै बिद्यार्थीलाई समेटनु पर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपका एमालेका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज भुमिश्वर ढकालले अनेरास्ववियु नेकपा एमालेको जग रहेको बताउनु भएको छ । एमालेका कार्यकर्ता उत्पादन हुने थलो रहेको अनेरास्ववियु क्याम्पस विद्यालय,नगर हुँदै वडा र टोल सम्म फैलिनु पर्ने र कृयाशिलतामा कमिटीले जोडबलका साथ लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा रुपन्देही निर्वाचन क्षेत्र नं पाचका क्षेत्रिय इञ्चार्ज जिवनाथ पाण्डे, नेकपा एमाले नगर अध्यक्ष चेतनारायण न्याैपाने, अनेम संघ नगर अध्यक्ष मञ्जु ज्ञवाली, अनेरास्ववियु रुपन्देही जिल्ला अध्यक्ष शेषकान्त पोखरेल आदिले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको खुल्ला सत्र निवर्तमान अध्यक्ष गणेश अर्यालको अध्यक्षता पार्टी केन्द्रीय सदस्य एवम जिल्ला इञ्चार्ज भुमिश्वर ढकालको प्रमुख आतिथ्यता, पार्टीका नेता , विभिन्न भातृसङ्गठनका नेता आदिको आतिथ्यतामा भएको हो । कार्यक्रम उपाध्यक्ष भोजराज भण्डारीको स्वागत एवम सचिव सुरज रिजालको सञ्चालनमा रामापुरमा सम्पन्न भएको हो ।