ट्रेन्डीङ्ग

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको २१ औँ वार्षिक साधारणसभा सम्पन्न,

रामु भुसाल,फागुन २८, बर्दघाट ।
पश्चिम नवलपरासीको बर्दघाटमा अवस्थित बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सस्था बर्दघाट ४ को २१ औँ बार्षिक साधारण सभा शनिबार सस्थाको प्रांगणमा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष धातानन्द बस्यालको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्यालले बर्दघाट नगरपालिकाले नगरबासीलाई एक घर एक धारा पुर्याउने अभियानका साथ काम गरिरहेको र अहिले सम्म नगरका ८० प्रतिशत भन्दा बढी घरधुरीमा शुद्ध खानेपानी पुर्याइएको बताउदै यसै आर्थिक बर्षमा ९० प्रतिशत घरधुरीमा खानेपानी पुर्याउने लक्ष्य रहेको बताउनुभयो । नगरको समृद्धीको आधार कृषी र पर्यटन रहेकोले यसलाई पुरा गर्नका लागी कृषी र पर्यटनको क्षेत्रमा नगरले योजनाहरु ल्याएको बताउनुभयो ।                                                                                                                                                                                        सो अवसरमा सस्थाका अध्यक्षद्धारा सस्थाको प्रगति एवं आगामी रणनिति प्रतिबेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा सस्थाकी कोषाध्यक्ष थुमा बस्यालले सस्थाको कुल ८ करोड ९८ लाख २ हजार २ सय ६४ रुपिया बराबरको आय ब्यय विवरण प्रस्तुत गर्दै आर्थिक बर्ष ०७७, ७८ मा सस्थाले सञ्चालन एवं अन्य आमदानी गरिु २ करोड २० लाख २१ हजार ६ सय ८७ रुपिया आमदानी गरेको र कुल खर्च १ करोड ६२ लाख ८० हजार ४ सय ६४ रहेको र सस्थाले ५७ लाख ४१ हजार २ सय २२ रुपिया सञ्चित सफल भएको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा लेखा समयोजक गोपाल पाण्डेले लेखा प्रतिबेदन प्रस्तुत गनुृभएको थियो भने सस्थाका उपाध्यक्ष एवं खानेपानी सुरक्षा योजना टोलीका समयोजक दिपक लम्सालले खानेपानी सुरक्षा योजना प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।                                                                                                                                                                    सो अवसरमा कार्यक्रमका विशेष अतिथि बर्दघाट नगर उपप्रमुख माया देवी पौडेल,सघिंय खानेपानी तथा ढल बयवस्थापन विभाग बुटवलका आयोजना प्रमुख अतुलेश कुमार कर्ण, बर्दघाट नगर प्रवक्ता एवं वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्र विक्रम हमाल, अतिथिहरु सस्थाका पुर्व अध्यक्ष सिद्धिविलाश हमाल, जिल्ला खानेपानी उपभोक्ता महासंघ नवलपरासीका जिल्ला सचिव देवीदत्त सापकोटा, नेकपा एमालेका नगर उपाध्यक्ष शिव देव न्यौपाने, नेपाली कांग्रेसका बर्दघाट नगर सभापति दामोदर जिसि, नेकपा माओबादीका बर्दघाट नगर अध्यक्ष तेजेन्द्र पुर्जा, एकिकृत समाजबादीका बर्दघाट नगर अध्यक्ष लोकेन्द्र पाण्डे, पारिजात सामुदायिक वनका सचिव कृष्ण प्रसाद न्यौपाने, बर्दघाट सरावल सव वन डिभिजनका प्रमुख गिरिराज पन्त, समाजसेवी, बद्रीनाथ खनाल, शम्भुलाल श्रेष्ठ, बृहस्पति अधिकारी, नरेश खनाल, राजेन्द्र सुनार, छबिलाल खरेल, देवी लौडारी लगाएतले मन्तब्य राख्नुभएको थियो । सो अवसरमा सस्थाका उत्कृष्ट कार्य गर्ने कर्मचारी, सस्थालाई सर्वाधिक महसुल बुझाउने सस्था लगाएत उपभोक्ताहरुलाई सम्मान पत्र र दोसल्लाले सम्मानित गरिएको थियो भने कार्यक्रममा स्थानिय कलाकारद्धारा सांगितिक प्रस्तुती समेत रहेको थियो । सस्थाका कार्य समिति सदस्य रेनुका खत्री गिरिको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सस्थाका सचिव धन बहादुर गुरुंगले गर्नुभएको थियो ।                                                                                                                 २०५५ सालमा स्थापना भएको यस खानेपानी सस्थाले बदृघाट नगरपालिकाको वडा नम्बर ४ का करिब ३ हजार ९ सय घरधुरी मध्य हाल सम्म ३ हजार ८ सय ६० निजि तथा सस्थागत धाराहरु वितरण गरि २४ सै घण्टा खानेपानी सेवा पुर्याइरहेको र सस्थाले खानेपानीको मागलाई मध्यनजर गर्दै बर्दघाट ४ बाढिपिडितमा थप नयाँ ओभरहेड ट्यांकी निर्माण गरिहरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?