ट्रेन्डीङ्ग

झापा गोल्डकप: सिक्किमलाई पराजित गर्दै झापा-११ सेमिफाइनल प्रवेश

प्रविण विद्रोही,२६ फागुन,झापा । मोफसलकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता अन्तर्गत झापामा जारी नेपाल आइस झापा गोल्डकपमा घरेलु टोली झापा–११ सेमिफाइनल प्रवेश गरेको छ ।

आज बिहिवार विर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा भएको प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा पाहुना टोली भारत सिक्किमको आरपी एफसीलाई ५-१ गोल अन्तरले पराजित गर्दै घरेलुु टोली झापा- ११ सेमिफाइनल प्रवेश गरेको हो ।

झापा ११ को तर्फबाट खेलको ३१औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै बिमल घर्ती मगरले पहिलो गोल गरेका थिए ।

खेलको दोस्रो हाफको ८ मिनेटमा सिक्किमले आत्मघाती गोल गर्दा झापा – ११ ले २ गोलको अग्रता बनायो । त्यसको ४ मिनेटपछि झापा – ११ का खेलाडी विशाल राईले गोल गर्दै खेललाई ३-० काे अवस्थामा पुर्‍याए।

दोस्रो हाफको २०औं मिनेटमा रेड पाण्डाले पाएको पेनाल्टी सदुपयोग गर्दै योगेश मगरले टिमको लागि सान्त्वना गोल गरे ।

दोस्रो हाफको ३२औं मिनेटमा झापा – ११ का लागि पेनाल्टी मार्फत बिमल घर्ती मगरले गोल गर्दै खेललाई ४-१ काे अवस्थामा पुर्याए। त्यस्तै खेलकाे ४३औं मिनेटमा बिश्वास श्रेष्ठले गोल गरेपछि झापाले ५-१ गोल अन्तरले सिक्किमलाई पराजित गरेको हो । आजको खेलको म्यान अफ द म्याच झापा – ११ का बिश्वास श्रेष्ठ घोषित हुँदै उनले ९ हजार ९ सय ९९ रुपैयाँ प्राप्त गरे।

भोलि हुने पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब र सातदोबाटो फुटबल क्लब बिच दिउँसो २:३० बजे हुने आयोजकले जनाएको छ ।

फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताका विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछ । सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछ । उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डफेन्डरले नगद २१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal