ट्रेन्डीङ्ग

आर्थिकअवस्था कमजोरीभएकी विकलाइ उपचारार्थ घरेलु तथा साना उधोग कार्यालय प्रमुखको आर्थिक सहयोग

अनिल नेपाली
अर्घाखाँची २५ पुस।

लामो समयदेखि विरामी आर्थिक अबस्था कमजोर भई विस्तारमा छट्पटाईरहेकी पाल्पा जिल्ला रामपुर नगरपालिका वडा न १० चम्पेडाँडा बस्ने मोब बहादुर विक र सुमित्रा विक कामिको माइली छोर सुनिता विक बर्ष ३० को विगत २० बषदेखि मुटुको रोगी भई विरामी भएको हुनुहुन्थ्यो ।

गगालाल हृदयकेन्द्र काठमाण्डौ बेड न ३४० मा उपचारहत हुनुहुन्छ उहाँको मुटुको भल्बको अप्रसेसन गनुेपर्ने भएको थियो तर परिबारको आर्थिक अबस्बस्था अत्यन्त कमजोेर भएको हुनाले नेपाल सरकारले उहाँको मुटुको भल्भको अफ्रसेशन निशुल्क गर्ने भएपनि लामो समयसम्म हस्पिटलमा बस्न खान र औषधी उपकरण किन्न पैसा नभएको कारणले उपचारमा असहज पैदा हुदै आएको थियो ।

बिरामीको अवस्थालाई देखेर सोही नगरपपालिकामा बस्ने हाल अर्घाखाँची जिल्लाको घरेलु तथा साना उद्योगमा कार्यारत कार्यालय प्रमुख केशब सुनारले विरामीको खानपान औषधी उपचारको लागि सहयोग पुगोस् भनी हेतुले सेबा नै धर्म हो भन्ने भाबनालाई आत्मसाथ गदै नगद १०००० दश हजार सहयोग गर्नुभएको छ ।

यदि कसैले यो विपन्न परिबारलाई आर्थिक सहयोग गरी उहाँको उपचारमा सहयोग गरी पुण्य कमाउन चाहानुहुन्छ भने निजको आमा सुमित्रा विक कामी मोबाईल न ९८०६६९६४५७ मा सम्पर्क गरी सहयोग गर्न अनुरोध छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?