ट्रेन्डीङ्ग

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अर्घाखाँचीले प्रमुख जिल्ला अधिकारी मार्फत पठायो प्रधानमन्त्रीलाई बिरोध पत्र

अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) अर्घाखाँचीले अर्घाखाँची का प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल मार्फत प्रधानमन्त्री केपि शर्मा ओलि लाई बिरोध पत्र पठाएको छ।
बिरोध पत्रमा भनिएको छ २०७७ साल पौष ५ गते नेपाल को संबिधानको ठाडो उलंघन गरि असंबैधानिक अलोकतान्त्रिक एबम स्वच्छचारी ढंगबाट प्रतिनिधि सभा विघटन गर्ने प्रतिगमन कदम चाल्नु भएको ले त्यस कदम को तीब्र आपत्ति प्रकट गर्दै घोर बिरोध एबम भत्सर्ना गरेको छ। बिरोध पत्रमा भनिएको छ ठूलो बलिदानी र संघष बाट प्राप्त गरिएको एेतिहासिक राजनैतिक परिबर्तन , संघिय लोकतान्त्रिक गणतन्त्र तथा नेपालको संबिधान को रक्षा गर्न ,बर्तमान असंबैधानिक कदम तथा सबै प्रकारका प्रतिगामी षड्यन्त्र लाई असफल पार्न्र त्यस्को निम्ति जस्तो संघष गर्न सबै तयार रहेको बिरोध पत्रमा उल्लेख गरिएको छ।।
सोही बिरोध पत्रमा भनिएको छ तपाई प्रधानमन्त्री ज्यु लाई राम्ररी थाहा छ आफुले प्रतिनिधि सभा विघटन गर्न कुनै अधिकार दिएको छैन तथापि संबिधानको धारा हरुको पुन अध्यान गर्नुहोला भन्दै बिरोध पत्रका साथ संबिधानको प्रती समेत पठाइएको छ।
बिरोध पत्रको अन्तमा भनिएको छ प्रधानमन्त्री ज्युले गरेको असंबैधानिक कदमको निम्ति पश्यतापका साथ रास्ट् र जनता सामु क्षमायाचना गर्न र प्रतिनिधि सभा सुचारु गराइ संबबिधान लाई कृयाशिल बनाउने पक्षमा आउन अनुरोध गर्दै सच्चिने अबसर प्रदान गर्दछौ भनी नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)का जिल्ला सचीव ठाकुर कुमार बिक ( किशोर ) बाट हस्ताक्षरित बिरोध पत्रमा उल्लेख गरिएको छ ।
नेकपा कि केन्द्रिय सदस्य शुशिला श्रीपाली ठकुरी को नेतृत्वमा नेकपाका कार्यकर्ता सहित गएको टोलि ले प्रमुख जिल्ला अधिकारीलाई बिरोध पत्र बुझाएको छ । भने बिरोध पत्र बुझे लगत्तै प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले आफूले यो बिरोध पत्र अहिलेनै नेपाल सरकार सम्माननिय प्रधानमन्त्रीको कार्यलय सिंहदरबार काठमाडौंमा पठाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?