
प्रविण विद्रोही,२४ फागुन,झापा । मोफसलकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता अन्तर्गत झापाको विर्तामोडमा जारी पाँचौ संस्करणको नेपाल आइस झापा गोल्डकपमा आज थ्री स्टार फुटबल क्लब र संकटा क्लबबिच दिउँसो २:३० बजे डोमालाल राजवंशी रंगशालामा प्रतिस्पर्धा हुँदैछ ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी पाँचौं झापा गोल्डकपमा आज ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिलालाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ। । महिलाले मंगलवारको खेल हेर्न कुनै पनि शुल्क तिर्नु नपर्ने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।
संकटाले नेपाल पुलिस क्लबलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने थ्री स्टार सोझै क्वाटरफाइनल प्रवेश गरेको हो । यसअघि हिजो सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा एपिएफलाई २-१ गोल अन्तरले हराउँदै सातदोबाटो फुटबल क्लब प्रतियोगिताकाे सेमिफाइनल प्रवेश गरेको छ।