
प्रविण विद्रोही ,२२ फागुन,झापा । मोफसलकै सर्वाधिक लोकप्रिय पाँचौ झापा गोल्डकप फुटबल प्रतियोगिताकाे आज सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई १-० गोलले पराजित गर्दै संकटा क्लब क्वाटरफाइनल प्रवेश गरेको छ।
पहिलो हाफमा दुबै टिमले केही गोल गर्ने अवसर पाएपनि गोल गर्न नसकेपछि गोलरहित बराबरीमा टुंगिएको थियोे भने दोस्रो हाफको २० मिनेटमा संकटाका लागि विदेशी खेलाडी फोडे फाेफाेनाकाे पासमा उत्तम राईले गोल गर्दै टिमलाई १-० काे अग्रता दिलाएका थिए।
उत्तम राईले गरेको गोल नै संकटाकाे जितको निर्णायक गोल बन्याे। जितसँगै संकटा क्लब क्वाटर फाइनल प्रवेश गरेको छ । आजको खेलको उत्कृष्ट खेलाडी बिजेता टीम संकटाका फोडे फोफोना घोषित भए । भोलि क्वाटरफाइनल अन्तर्गतको पहिलो खेल दिउँसो २:३० बजे सातदोबाटो र सशस्त्र प्रहरी बलबिच हुने आयोजकले जनाएको छ ।
फागुन ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार पाउनेछन्, भने उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् । प्रतियोगिताको ‘मस्ट भ्यालुएवल प्लेयर’ले एक थान मोटर साइकल पाउनेछ । यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगर २१ हजार रुपैयाँ दिइने आयोजकले बताएको छ। प्रतियोगितामा नेपालका ८ र भारतका दुई क्लबको सहभागिता रहेको छ ।