ट्रेन्डीङ्ग

झापा गोल्डकप : उद्घाटन खेलमा जावलाखेललाई हराउँदै सातदोबाटो क्वाटरफाइनल प्रवेश

प्रविण विद्रोही,२१ फागुन,झापा । मोफसलकै सर्वाधिक लोकप्रिय पाँचौ झापा गोल्डकप फुटबल प्रतियोगिताकाे आज भएको उद्घाटन खेलमा जावलाखेल विरुद्ध उत्कृष्ट जित निकाल्दै सातदोबाटो फुटबल क्लब क्वाटरफाइनल प्रवेश गरेको छ।

निर्धारित समयसम्म दुवै टिमले दुई-दुईको बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियोे । टाइब्रेकरमा जावलाखेल युथ क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्दै सातदोबाटोले क्वाटरफाइनलकाे यात्रा तय गरेको हो ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलको तेस्रो मिनेटमै सातदोबाटोका लागि अजयी मार्टिनले प्रतियोगिताकै पहिलो गोल गरेका थिए । निरज चौधरीले डिबक्समा दिएको पासलाई सदुपयोग गर्दै मार्टिनले गोल गरेका थिए। खेलको १३ औँ मिनेटमा जावलाखेलका लागि विदेशी खेलाडी निकोलस फर्नान्डेजको क्रसमा ओन्गुना जुनियरले गोल गर्दै १-१ काे बराबरी गरेका थिए भने खेलको ३५ औँ मिनेटमा ओन्गुना जुनियरले दोस्रो गोल गर्दै खेललाई २–१ को अन्तरमा पुर्‍याएका थिए ।

पहिलो हाफ २–१ मा टुंगिएकाे थियोे भने दोस्रो हाफको शुरुआतमै सातदोबाटोका आशिष राईले गोल गर्दै खेल बराबरीमा पुर्‍याउन सफल भएका थिए ।

टाइब्रेकरमा जावलाखेलका ओन्गुना जुनियर र सुरजजिउ ठकुरीले गोल गर्दा कुलदीप गिरी र गौरव श्रेष्ठकाे प्रहारलाई सातदाेबाटाेका गाेलकिपर अभिषेकले उत्कृष्ट बचाउ गरेका थिए। सातदोबाटोका लागि आकाश बुढामगर, प्रशान्त अवस्थी, मानबहादुर तामाङ र अजई मार्टिन्सले गोल गरेका थिए।

पहिलो खेलको म्यान अफ दि म्याच सातदोबाटोका गोलरक्षक अभिषेक बराल घोषित भए । उनले नगद ९ हजार ९९९ नगद पाए । आइतबारको दोस्रो खेल नेपाल पुलिस क्लब र संकटा क्लबबीच हुने आयोजकले जनाएको छ ।

३० फागुनसम्म हुने प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार पुरस्कार पाउने आयोजक समिति अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा नेपालका ८ र भारतका दुई क्लबको सहभागिता छ । पाँचौँ संस्करणको झापा गोल्डकपको उद्घाटन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । झापा गोल्डकपका सदस्यसमेत रहेका ओलीले डोमालाल राजवंशी रंगशालको विकासमा र खेलकुदको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal