ट्रेन्डीङ्ग

झापा गोल्डकप आजबाट शुरु , उद्घाटन खेलमा जावलाखेल र सातदोबाटो भिड्दै

प्रविण विद्रोही,२१ फागुन, झापा  । मोफसलकै सर्वाधिक लोकप्रिय प्रतियोगिता नेपाल आइस पाँचौ झापा गोल्डकप आजदेखि झापाको विर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा शुरु हुँदैछ ।

आज पहिलो दिनकाे उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब बिच दिउँसो २:३० बजे प्रतिस्पर्धा हुँदैछ भने प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन्,।

गोल्डकपको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने आयोजककाे अनुमान छ।

प्रतियोगिताको मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार र उच्च गोलकर्तालाई नगद २५ हजार प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद ९ हजार ९९९ रुपैयाँ दिइने आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal