ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)रुपन्देहीद्वारा विरोध प्रदर्शन

पौष २४, बुटवल । सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रमसम्बन्धी परेको मुद्दाको सुनुवाइ गर्न पटकपटक पेशी सार्दै आएको छ। सर्वोच्च अदालतले नयाँ पाठ्यक्रम लागू नगर्न आदेश दिदा हाल कक्षा ११ लाई कुन पाठ्यक्रम पठनपाठन गराउने भन्ने समस्या उत्पन्न भैरहेको छ ।
पाठ्यक्रममा अन्यौलता देखिए पछि पछिल्लो पटक देशै भरिका विद्यार्थीहरु सडक आन्दोलन गरिरहेका छन । शुक्रबार, अखिल (क्रान्तिकारी) रुपन्देहीले कक्षा ११ को पाठ्यक्रम अन्यौलताको विरुद्ध सडकमा विरोध प्रदर्शन गरेको छ । सडक प्रदर्शनमा विद्यार्थीहरुद्वारा व्यवहारिक शिक्षा प्रदान गर, शैक्षिक माफिया होसियार, वैज्ञानिक शिक्षा प्रणाली शिक्षा लागू गर लगायतका नारा गुन्जिरहेको थियो ।

अखिल ( क्रान्तिकारी ) रुपन्देहीका जिल्ला सचिव पारस राहादी मगरले “नयाँ पाठ्यक्रमसम्बन्धी परेको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतले पौष २७ गतेलाई सार्यो । शैक्षिक दलालहरुको स्वार्थको चेपमा विद्यार्थीहरुको भविष्यलाई राख्नु निन्दनीय विषय हो । अदालत स्वयं ती दलालहरुको प्रभावमा छ भन्ने कुरा अदालतले पटकपटक पेशी सार्नुले प्रष्ट पार्छ । विद्यार्थीहरुको भविष्यमाथी खेलवाड गर्ने अधिकार कसैलाई छैन”, भन्दै आफुहरु सडक विरोध प्रदर्शनमा उत्रिन बाध्य भएको र प्रदर्शनको क्रममा केही प्रहरीहरुले हस्तक्षेप गर्न लागेको समेत जानकारी दिनुभयो । कालिका माध्यमिक विद्यालय अगाडि बाट सुरु भैइ चौडाहामा गएर अन्त्य भएको विरोध प्रदर्शनमा कक्षा ११ को करिब एक हजार विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

गत २० गते सर्वोच्च अदालतले कक्षा ११ र १२ को पाठ्यक्रमसम्बन्धी रिटको सुनुवाइ पौष २७ गते सम्मलाई लम्ब्याएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?