ट्रेन्डीङ्ग

बर्दघाटको मेलामा पशुपति र पुर्णकलाको प्रस्तुतीमा रमाए दर्शक

प्रकाश न्यौपाने,फाल्गुन १९ बर्दघाट । नवलपरासीको बर्दघाटमा बर्दघाट उधोग बाणिज्य संघद्रारा आयोजित बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलामा आज चर्चित लोक दोहोरी गायक पशुपति शर्मा र गायिका पूर्णकला बीसीको प्रस्तुतिमा दर्शकहरु रमाउनु भएको छ ।
मेलाको मुख्य आकर्षण रहेको सांस्कृतिक कार्यक्रममा आज बिहीबार मंगलबार चर्चित कलाकार पशुपति र पूर्णकलासंगै गायक नरहरी प्रेमी,योगराज पोखरले,रामजी थापाको प्रस्तुति रहेको सास्कृतिक संयोजक खुमाकान्त बस्यालले जानकारी दिनु भयो ।
आज बिहिवारको मेलामा करिव २२ हजार दर्शकले अवलोकन गर्दा ५५ लाखको कारोबार भएको उधोग बाणिज्य संघका महासचिव दिनेश न्यौपानेले बताउनु भयो ।
यस्तै बर्दघाट डान्स आइडल प्रतियोगिता, सेल्फी स्पटहरुमा टिकटक प्रतियोगिता पनि रहने अध्यक्ष लेखनाथ न्यौपानेले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?