
गणेश एसके,फागुन १५,कञ्चनपुर ।एमसिसि खारेजीको माग गर्दै ६ वटा दल र दुई मोर्चाद्वारा कञ्चनपुरमा विरोध प्रदर्शन सहित कोणसभा सम्पन्न भएको छ ।
महेन्द्रनगर खुलामञ्च बाट सुरु भएको र्याली एम सी सी खारेज गर, दलाल हरु मुर्दाबाद जस्ता नारा लगाउँदै प्रशासन घेराउ गरेको थियो र संविधान चोकमा कोण सभामा परिणत भएको थियो ।
कार्यक्रममा बोल्दै नेकपा विप्लव निकट केन्द्रिय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज राम बहादुर चौधरीले नेपाली जनता नै सर्वस्व निर्णायक हुन र राष्ट्रहित विपरीत रहेको एमसिसि सम्झौता लाई पनि नेपाली जनताले खारेज गर्ने छन् । विगतमा पनि संसदवादी दलाल हरुले देशमा थुरै राष्ट्रघाती सन्धि सम्झौता गरिसकेको र अहिले पनि विदेशी अनुदानको नाममा राष्ट्रको स्वाभिमान र राष्ट्रियता लाई बेच्न लागेको उनले बताए । थप्दै भने , “देशका संसदवादी दलालहरुले बदनियतपूर्ण तरिकाले आफ्नो देशको राष्ट्रियता अमेरिकालाई बेच्ने कुचेष्टा गरिरहेको बताउँदै आफ्नो पार्टीले यो सम्झौता खारेज नगर्दा सम्म निरन्तर संघर्स गर्ने बताएँ । संयुक्त दलहरुको आन्दोलनलाई सशक्त र निर्णयक ढंगले अघि बढाउने उनको भनाई थियो । त्यसै गरि अर्का वक्ता नेकपा (क्रान्तिकारी) माओवादीका केन्द्रीय सदस्य हरी सुवेदीले सम्बोधन गर्दै विगतदेखि क्रान्तिकारीहरूले आफ्नो ज्यानको पनि परवाह नगरी निरन्तर राष्ट्रियताको सवालमा संघर्स गर्दै आएको बताउँदै अहिलेको यो राष्ट्रघाती सम्झौता MCC लाई कुनै पनि हालतमा लागू हुन नदिने बताए । सहभागी सबै वक्ताहरुले एम सी सी सम्झौता राष्ट्रघाती रहेको निष्कर्ष सहित त्यसलाई खारेज हुनुपर्ने मै जोड दिएका थिए भने उनीहरुले राष्ट्रियता जोगाउनका लागि सबै राष्ट्रवादी युवा विद्यार्थी आम जनसमुदायलाई आन्दोलनमा समाहित हुन अपिल समेत गरेका छन ।
नेकपाका जिल्ला सचिव जीवन परियारको अध्यक्षता र नेकपा कै केन्द्रिय सदस्य राम बहादुर चौधरी को प्रमुख आथित्यतामा भएको विरोध जनसभामा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरि सुवेदी, राष्ट्रिय समाजवादि मञ्चका अध्यक्ष देबीदत्त पाण्डे, क्रान्तिकारी माओवादीका प्रदेश सचिव राम बहादुर महरा,राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राम बहादुर कार्की, विष्णु नेपाली, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी निकटका विजय विश्वकर्मा लगायत नेताहरु अतिथिका रूपमा सहभागी भएका थिए ।
नेकपा सहितका दल र मोर्चा द्वारा mcc खारेजको माग गर्दै देशैभरि विरोध प्रदर्शनका गर्दै आएको छ र आज पनि देअभरका प्रशासन कार्यालय घेराऊ सहित जनसभा सम्पन्न गरेको छन ।