ट्रेन्डीङ्ग

एमसिसि विरुद्ध बर्दिया जिल्ला प्रशासन कार्यलय घेराउ

रमेश प्याकुरेल,फागुन १२, बर्दिया
अमेरिकी अनुदान मीलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबिरुद्ध नेपाल कम्युनिस्ट पार्टीसहित ६ पार्टी र दुई मोर्चाहरूको संयुक्त आयोजनामा बर्दियामा बिरोध प्रदर्शन भएको छ । एमसीसी सम्झौता राष्ट्रिय हित विपरीत रहेको भन्दै उक्त सम्झौतालाई खारेजीको माग गर्दै विरोध प्रदर्शन गरिएको हो ।

बर्दियाको गुलरिया बजारमा सम्पन्न भएकाे जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रममा जिल्ला सेक्रेटरी गणेश चौधरी सम्बाेधन गर्दै राष्ट्रघाती एमसीसीकाे विरुद्ध सबै देशभक्त नागरिक एक भएर खारेज गर्नुपर्ने,। यो सझौता कुनै पनि हालतमा पास गर्न दिनु हुँदैन,। एमसीसी देशकाे स्वाधीनतामा आँच आउने र सैन्य रणनीतिमा जाेडिएकाले खारेज गर्नुपर्ने बताए ।

विरोध प्रदर्शन कार्यक्रममा राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वाधीनताकाे रक्षा गराैँ । एमसीसी चाहिँदैन देश बेच्न पाइदैन, एमसिसि पास गर्ने दलालहरू होसियार,।
बिप्लव आउ देश बचाउ जस्ता अन्य नारा सहित गुलरिया ,बजारमा नारासहित उक्त कार्यक्रम मा नेकपा सहित संयुक्त मोर्चाको आयोजनामा नारा,जुलुस प्रदर्शन सहित बर्दिया बजार परिक्रमा पश्चात जिल्ला प्रशासन कार्यालय घेराउ गरेर विरोध सभा सम्पन्न भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal