ट्रेन्डीङ्ग

सगुन स्याङतान के खानु कसम म्युजिक भिडियो बजारमा

पुस २० काठमाडौ । मकवानपुरे चर्चित मोडल सगुन स्याङतानको नयाँ म्यूजिक भिडियो भर्खर बजारमा आएको छ । बिशाल काल्तानको शब्द,संगीत र लय रहेको …के खानु कसम’ नामक गीतमा उहाँले मोडेलिड्ड गर्नु भएको हो । आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि …के खानु कसम’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको हो । पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको यो भिडियो स्याङतानको पहिलो भने होइन । सार्वजनिक भएको केही समयै स्रोता, दर्शकले मन पराएका छन् । उहाँले यस अघि पनि धेरै गीतमा मोडलिड्ड गरिसक्नु भएको छ ।
आज पत्रकार सम्मेलनमा युवा लिडर तथा समाजसेवी समेत रहनु भएका मोडल सगुनले हालै सार्वजनिक भएको …के खानु कसम’बोलको गीतबाट र्दशकले मन पराउनेमा बढि आशावादी रहेको बताउनु भयो । उहाँले मोडलिड्ड क्षेत्रमा लामो समय विताएको भन्दैे दर्शकहरुमा यस भिडियोले मनोरञ्ज प्रदान गर्ने र माया पिरती बिचको भिडियो भएको हुँदा सबैले माया गर्नेमा आफु विस्वस्त रहेको उहाँको भनाई रहेको थियो । उहाँले फिल्म तथा म्युजिक भिडियो आफ्नो रुचिको बिषय रहेको बताउँदै यस क्षेत्रमा निरन्तर अघि बढ्ने बताउनु भयो ।
सुमित लामाको निर्देशनमा बनेको म्यूजिक भिडियोमा सगुनलाई मोडल यङगी दोड्ड (तामाड्ड)ले साथ दिनु भएको छ । दुच्छे म्यूजिक क्रियशनबाट सार्वजनिक भएको यस गीतमा दिपेश प्रधानकोे अडियो मिक्सिङ रहेको छ । लक्ष्मण घिमिरेले छ्याङकन र विष्णु सेवाले ड्रोनको भुमिका निर्वाह गरेका छन् । पत्रकार सम्मेलनमा निर्देशक सुमित लामाले भिडियो धेरै राम्रो बनेको भन्दै सबैले हेरेर सल्लाह तथा सुझाव दिनको लागि आग्रह गर्नु भयो । उहाँले चितवानको जेम्सवल्ड पार्क, कबिलास रिसोर्ट, टिकौलीको जंगल लयाततको क्षेत्रमा भिडियो छ्याङकन गरिएको बताउनु भयो । भिडियोलाई द मिरर युनिटले निर्माण गरेको हो ।
हजुरको खबर डटकमका प्रमुख रुपक कालिराजले संचालन गर्नु भएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाँई, उपाध्यक्ष सरिता दाहाल, खबर ब्रेक डटकमका प्रमुख धर्मेन्द्र दाहाल, चलचित्र पत्रकार संघका केन्द्रिय उपाध्यक्ष दिपज्योति थापा, उपाध्यक्ष कपिल खड्का,जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा, मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुर सल्लाहकार सुनिल लोप्चन लगायतको आथित्यता रहेको थियो ।https://youtu.be/VzzsLC2UI0Y

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal