ट्रेन्डीङ्ग

नेकपा दुई जना कार्यकर्ता पक्राउ

२० पुस, सुर्खेत । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुईजना कार्यकर्ता कालिकोटमा पक्राउ परेका छन् ।
कालिकोटको नरहरिनाथ गाउँपालिका–९, बाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी चक्रबहादुर शाहले जानकारी दिनु भयो ।
डीएसपी शाहका अनुसार पक्राउ पर्नेहरूमा नरहरिनाथ गाउँपालिका–९, कालीकोटका ३६ वर्षीय दुर्गबहादुर बोहोरा र भेरी नगरपालिका–२, जाजरकोटका पदमबहादर पुन रहनु भएको छ ।
प्रहरीले भने उनीहरूको साथबाट अर्धनिर्मित काठको एक थान बन्दुक, प्रेसर कुकर बम, तार, डेटोनेटर, पटाका, बम बनाउने सकेट, ब्याट्री चार्जर, सेफ्टी फ्युज, गन्धक, सोडा, निप्पो लाइट लोला, वायर कटर, टेलिफोन तार र केप बनाउन प्रयोग गरिने आल्मुनियम लगायतका विस्फोटक पदार्थ वरामद भएको जनाएको छ ।
तर उता नेकपाले भने निसस्त्र कार्यकर्तालाई निरंकुश शैलिमा गिरफ्तार गरिएको भन्दै यथाशिघ्र रिहाको माग गरको छ । उनीहरुलाई फसाउन विष्फोटक पर्दाथ वरामदको नाटक प्रहरीले गरेको पनि नेकपाले आरोप लगाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?