
अनिता गजमेर फाल्गुन ८ ,उदयपुर ।नेपाल कम्युनिष्ट पार्टी उदयपुरले एम सी सी सम्झौता बिरुद्ध उदयपुरको सदरमुकाम गाईघाटमा जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ।
उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बजारको पिपल चौक बाट जुलुस निकाली जिल्ला प्रशासन कार्यालय मा गएर १ घन्टा धर्ना दिएको छ।नेकपा लगायत ६ दल १ मोर्चा को संयुक्त सहभागिता रहेको थियो।
उक्त धर्ना पछि प्रमुख वक्ताको रुपमा संबोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा उदयपुर ओखलढुंगा ईन्चार्ज बिबेक कुमालले नेपालमा विकासको नारा लिएर आएको एमसीसी परियोजना राष्ट्रकालागि घातक रहेको बताउदै यति अनुदान नै भए अरु संस्थाले मन्त्रालयमा सम्झौता गरे अनुसार सम्झौता गरि काममा लाग्दा भैइ हाल्ने बदाउदै यो एमसीसी चाहिँ सदनबाट नै पास गर्नु पर्ने कुराले आज नेपाल इराक र अफगानिस्तान जस्तै हुने कुरामा जोड दिए।
उहाँले एम सी सी पास गर्न खोज्ने प्रधानमन्त्री शेरबहादुर देउवा,प्रचण्ड ,लगाएतका पार्टी नेतालाई त्यसो नगर्न चेतावनी समेत दिनु भएको छ। जनताको भावना माथि खेलवाड नगरन आग्रह समेत गरेका छ्न। यदि एमसीसी पास गरि हालेमा त्यसको हिसाब किताब जनताले राम्रोसँग गर्ने बताउदै संसदहरुलाई घर घरमा पुगेर नेकपा का भातृ संगठन युवा संगठनले पत्र पठाएको जानकारी गराउदै सम्पूर्ण जनताहरुलाई पनि एमसीसि को विपक्ष उभिनु आग्रह गरेका थिए।
त्यस्तै कोण सभामा एमसीसीको बारेमा नेकपा क्रान्तिकारी माओवादी बाट मोहसिह तामाङले एम सी सी विरुद्ध महत्त्वपूर्ण भनाई राखेका थिए भने कार्यक्रमको संचालन नेकपाका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेयालले गरेका थिए।