ट्रेन्डीङ्ग

पाँचौ झापा गोल्डकपको मुख्य प्रायोजकमा नेपाल आइस

प्रविण विद्रोही ,झापा,०८ फागुन । पाँचौं संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगिताको मुख्य प्रायोजक नेपाल आइसले गर्ने भएको छ । आज झापाको चारपाने स्थित सहारा नेपालकाे हलमा आयोजित एक कार्यक्रमका बिच झापा गोल्डकप र नेपाल आइस बिच मुख्य प्रायोजनको लागि हस्ताक्षर भएको हो ।

यही फागुन २१ गतेदेखि शुरु हुने मोफसलको प्रतिष्ठित झापा गोल्डकप फुटबल प्रतियोगिताको मुख्य प्रायोजनका लागि कम्पनीका प्रतिनिधि मनिष सिंह र झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

नेपाल आइसले पहिलो पटक झापा गोल्डकपका लागि प्रायोजन गरेको हो । गोल्डकपको पाँचौ संकरणलाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउन आफुहरुले मुख्य प्रायोजन गरेको नेपाल आइसले जनाएको छ ।

झापाको भूगोल र फुटबलप्रतिको लगावलाई समेट्दै जिल्लालाई फुटबल हबको रुपमा विकास गर्ने उद्देश्यले काम गरिरहको झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले बताए । ‘विर्तामोडका व्यवसायीले खेलकूद क्षेत्रमा खासै चासो नदेखाएको गुनासो गर्दै उनलेे जिल्लाको प्रतिष्ठासंग जोडिएको यस प्रतियोगितालाई सबैले सकेको सहयोग गर्नु पर्ने बताए ।

प्रतियोगिता यही फागुन २१ गतेदेखि ३० गतेसम्म बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लब, विभागीयसहित नेपालका ए डिभिजन क्लब र विदेशी क्लबको सहभागिता रहने झापा गोल्डकपका संरक्षक जलकुमार गुरुङले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुने टिमको टुंगो लगाउने कार्य भइरहेको जनाउँदै आयोजक समितिका अनुसार गोल्डकपमा पुरस्कारहरु अघिल्लो वर्षकै कायम गरिएको छ । जसमा विजेता टिमले नगद १२ लाख ५५ हजार रुपैयाँ तथा उपविजेता टिमले नगद ६ लाख ५ हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?