
कमल विक,अछाम,६ फागुन।नेपाल कम्युनिष्ट पार्टी अछामले एम सी सी सम्झौता बिरुद्ध बिरोध प्रदर्शन गरेको छ। शुक्रबार जिल्लाको सदरमुकाम मंगलसेन बजारमा बिरोध प्रदर्शन सहितकाे कोण सभा गरेको हो।
बिरोध प्रदर्शनमा नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीका नेता कार्यकर्ताको पनि सहभागिता रहेको थियो।
कोणसभामा प्रमुख वक्ताको रुपमा संबोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति सचिव तपेन्द्र तिमिल्सिनाले नेपालमा विकासको नारा लिएर आएको एम सी सी परियोजना राष्ट्रकालागि घातक रहेको बताउनु भएको छ। यदि नेपालमा एम सी सी परियोजना संसदबाट पास भएर लागु भएमा नेपाल इराक र अफगानिस्तान जस्तै हुने जिकिर गर्नुभयो।
अमेरिका लगायत बिभिन्न मुलुकले नेपाललाई दिने अनुदानहरु मन्त्री र सचिवले पास गरे हुने तर एम सी सी पास गर्न संसद चाहिने कुरा प्रति आपत्ति जनाउनु भयो। उहाँले एम सी सी पास गर्न खोज्ने प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँको पार्टीलाई त्यसो नगर्न चेतावनी समेत दिनु भएको छ। जनताको भावना माथि नखेल्न आग्रह गर्नु भएको छ अन्यथा जनताले हिसाब गर्ने बताउनु भएको छ।
एमसीसी विरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका प्रदर्सन कारीले नारावाजी गर्दै मंगलसेन बाजार परिक्रमा गरेका थिए। प्रदर्सन कार्यक्रम लाई बिच बजार चोकमा कोण सभामा परिणत गरीएको थियो। कोणसभाको संचालन नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति सदस्य तथा कमलबजार नगर ईन्चार्ज एकेन्द्र नाथले गर्नु भएको थियो।