ट्रेन्डीङ्ग

पाल्पा:अखिल(क्रान्तिकारी)द्दारा एमसिसी विरुद्ध कालाे ब्यानर प्रदर्शन सम्पन्न

मुक्ति गैरे,फाल्गुन ५ पाल्पा।अखिल(क्रान्तिकारी)पाल्पाले एमसिसी सम्झौता विरुद्ध ब्यानर प्रदर्शन सम्पन्न गरेको छ।

क्रान्तिकारीले राष्ट्रघाति एमसिसि सम्झौता खारेज गराैं,राष्ट्रिय स्वाधीनताकाे रक्षा गराैं,Reject MCC लेखिएको ब्यानर प्रदर्शन गरिएको छ।

उक्त ब्यानर त्रिभुवन बहुमुखी क्याम्पस गेट अगाडि लगायतका क्याम्पसमा टासिंएको संगठनकाे केन्द्रीय सदस्य लंक बहादुर रानाले बताउनु भएको छ।

कालो ब्यानर प्रदर्शन गर्ने कार्यक्रममा अखिल(क्रान्तिकारी)पाल्पा जिल्ला समिति संयाेजक सुदिप विश्वकर्मा,युवा संगठन नेपाल पाल्पा जिल्ला उपाध्यक्ष वेद प्रसाद विश्वकर्मा लगायतको उपस्थिति रहेको थियोे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal