ट्रेन्डीङ्ग

एमसिसी सम्झौता विरुद्ध फाल्गुन ४ गते नेपाल बन्दको घोषणा

परासी ।एमसीसी सम्झौताका विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहित ६ राजनैतिक दलहरुले (भोली) फागुन ४ गते नेपाल वन्दको घोषणा गरेका छन । एमसीसी सम्झौतालाई षड्यन्त्रमुलक तरिकाले संसद वैठकवाट भोली पास गराउने षड्यन्त्र गरेको भन्दै नेकपा सहित ६ राजनैतिक पार्टीहरुले नेपाल वन्दको घोषणा गरेका हुन ।

नेपाल वन्द गर्ने राजनैतिक पार्टीहरुमा विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा,आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल रहेका छन ।

उनीहरुले एमसीसी खारेज गर्नु पर्ने माग गर्दै नेपाल वन्दको घोषणा गरेका हुन । ६ राजनैतिक दलहरुले राष्ट्रघाती एमसीसी विरुद्ध सड्कमा आएर विरोध गर्न र सम्पूर्ण उद्योग कलकारखाना,यातायात सेवा वन्द गर्न आहवान गरेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal