ट्रेन्डीङ्ग

अखिल (क्रान्तिकारी) रुपन्देहीद्वारा राजनितिक वैचारिक प्रशिक्षण

पुष १८, बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) रुपन्देहीले राजनितिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरो क्षेत्रीय समन्वय समितीका संयोजक विरेन्द्र विकले शैक्षिक माफियाकरण र दलाल पूंजीवादी राज्यसत्ताका विरुद्ध संघर्ष आवश्यक भएको भन्दै त्यसका लागि सम्पुर्ण विद्यार्थीहरु अखिल (क्रान्तिकारी) मा संगठित हुन जरुरी भएको बताउनु भयो ।

युवा संगठन नेपाल लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले युवा विद्यार्थीहरु राजनितीक र सामाजिक विसंगति विरुद्ध संघर्ष गर्न क्रान्तिमा जोडिन आवस्यक भएको बताउनु भयो । अखिल नेपाल लेखक संघको महासचिव खोमा तरामु मगरले पूंजीवादी राज्यसत्ताको चरित्र श्रमिक वर्गको शोषणमा आधारित भएको भन्दै त्यसको विरुद्ध संघर्ष गर्न विद्यार्थीले अध्ययन र राजनीतिलाई सङ्गसङ्गै अगाडि बदाउन आवस्यक भएको बताउनुभयो ।

उक्त प्रशिक्षण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी तिलोत्तमा नगर इन्चार्ज प्रकाश, (अखिल क्रान्तिकारी) रुपन्देही इन्चार्ज रुपा बुदा मगरले पनि सम्पुर्ण विद्यार्थीहरुले आफ्ना अन्तरनिहित प्रतिभा प्रस्फुटनको निम्ति उपयुक्त वातावरण हुनुपर्ने र शैक्षिक क्षेत्रमा देखिएको समस्याहरु विरुद्ध देशभक्त र जुझारु विद्यार्थीहरुलाई संगठनमा आबद्ध भई कडा संघर्ष गर्न आह्वान गर्नुभएको थियो ।

कार्यक्रममा साया सापकोटा, सुनिल नेपाली, नयन अर्याल लगायतले कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा अध्यक्षता इन्दु वलि, स्वागत जिल्ला सचिव पारस राहादी मगर र जिल्ला सहसचिव पदम पराजुलीले गर्नुभएको थियो ।

अखिल (क्रान्तिकारी) रुपन्देहीले जिल्लाका विभिन्न ठाउँहरुमा राजनितीक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?