
फाल्गुन १ लमजुङ।नेपाल कम्युनिस्ट पार्टी लमजुङले २७औं जनयुद्ध दिवस भब्य रुपमा मनाएको छ ।
जिल्लाको मध्य नेपाल नगरपालिकाको दुई पिप्लेमा नेकपा लमजुङले शुभकामना आदानप्रदान तथा भोज कार्यक्रम गरि मनाएको हो ।
कार्यक्रम बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा लमजुङ जिल्ला इन्चार्ज कृष्ण वाग्ले’रुपेश’ले जनयुद्ध जुन मुद्दाका निम्ति शुरु भएको थियो र जसका विरुद्ध भएको थियो अन्तमा तिनै संग सम्झौता गर्न र अङ्गालो मार्न पुग्यो । यो दु:खद र जनतामा भएको सबैभन्दा ठुलो धोका रहेको बताए ।
माओवादीले थानकोट सम्म पुगेको र काठमाडौ कब्जा गरेर जितको संघारमा पुगेको जनयुद्ध माथि जबघात गर्दै सम्झौता गरियो यो नै नेतृत्वले जनता माथि गरेको सबैभन्दा ठुलो गद्द्दारि हो । जसले टाउकोको मुल्य तोक्यो उसै सङ्ग गएर टाउको मिलाउनु यो भन्दा ठुलो पागलपन अरु के नै हुन सक्छ र भनेर प्रश्न समेत गर्नु भएको थियो ।
उनले अब जनयुद्धको जगमा टेकेर नेपालमा एकीकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजवाद स्थापना गर्ने बताएका छन।जनयुद्धले हामिलाई धेरै कुरा सिकाएको छ र यसका सकारात्मक पक्षलाई आत्मसात गर्दै र नकारात्मक पक्षको समिक्षा गर्दै अब एकीकृत जनक्रान्तिको यात्रामा अघि बढ्नुपर्ने बताएका छन।यसको लागि अब एकचोटि जनताले साथ दिनुपर्ने समेत उहाले बताउनु भयो ।
यस्तै कार्यक्रममा बोल्दै नेकपा लमजुङ जिल्ला सेक्रेटरी आक्रोशले महान सहिदहरु देखाएको बाटो न छोड्ने र उहाँले देखेको सपना पुरा गरेरै छोड्ने बताएका छन । उनले नेपाली जनताको मुक्तिका लागि र सहिदले देखेको सपना पुरा गर्न जस्तोसुकै परिस्थितिको सामना गर्न तयार हुने बताएका छन ।
पार्टीका जिल्ला सदस्य तथा स्थानीय जेष्ठ नागरिक नारायण कुवर को सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा पार्टीका जिल्ला सदस्य रबिन्द्र,श्रीकृष्ण,बिष्णुहरि,बुद्धिजिवि संगठनका लमजुङ जिल्ला संयोजन टेक बहादुर तारा बोहरा,युवा संगठन नेपाल लमजुङ जिल्ला संयोजन किसान कुलो,श्रमिक समुदाय नेपाल लमजुङ जिल्ला उपाध्यक्ष रामजि,मध्यनेपाल नगर कमिटीका सेक्रेटरी बिन्दु कुमार पौडेल,बेशिसहर नगर कमिटीका सेक्रेटरी मोहन बोहरा लगायत नेताकार्यकर्ता र स्थानीय जनताको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा लमजुङ जिल्ला इन्चार्ज राजन साउदले गर्नु भएको थियो ।