ट्रेन्डीङ्ग

जनता साकोसद्वारा विद्यार्थीलाई सामाजिक सञ्जाल र साइबर अपराधबारे सचेतना

भुमही।पश्चिम नवलपरासीको सुनवल-१२ भूमहीस्थित जगन्नाथ माध्यमिक विद्यालयमा सामाजिक सञ्जालको प्रयोग तथा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ।जनता सम्झौता बचत तथा ऋण सहकारी संस्था, भूमहीको बचत प्रवर्द्धन तथा सेयर वृद्धि उपसमितिको आयोजनामा शुक्रबार कक्षा ९ का विद्यार्थीलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरिएको हो।

 

कार्यक्रममा इलाका प्रहरी कार्यलयका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले सामाजिक सञ्जालको सुरक्षित प्रयोग,साइबर अपराधबाट बच्ने उपाय तथा डिजिटल सुरक्षाका विषयमा विद्यार्थीलाई जानकारी गराएका थिए।

 

विद्यार्थीलाई सामाजिक सञ्जालको सही प्रयोगबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पवित्रा भुसाल न्यौपानेले जानकारी दिइन् ।

 

बचत प्रवर्द्धन तथा सेयर वृद्धि उपसमिति संयोजक तारा सुनारको अध्यक्षतामा तथा  संस्थाका अध्यक्ष डोलराज भण्डारी प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जगन्नाथ माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष धर्मागत भुसाल,संस्थाका पदाधिकारी,सल्लाहकार,सञ्चालक समिति, लेखा समिति तथा विभिन्न उपसमितिका सदस्यहरूको उपस्थिति रहेको
उपसमिति सदस्य सुस्मिता न्यौपानेले बताईन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?