ट्रेन्डीङ्ग

वालिङमा नुरा हेल्थको साझेदारीमा परिवार स्वास्थ्य हेरचाह कार्यक्रम

वालिङ।स्याङ्जाको वालिङमा नुरा हेल्थ इन्टरनेशनलको साझेदारीमा दुई दिने “परिवार स्वास्थ्य हेरचाह कार्यक्रम” सम्पन्न भएको छ।शनिबारबाट स्याङ्जाको वालिङमा वालिङ नगरपालिका र नुरा हेल्थ इन्टरनेशनलको साझेदारीमा “परिवार स्वास्थ्य हेरचाह कार्यक्रम” शुभारम्भ गरिएको कार्यक्रमको उद्घाटन नुरा इन्टरनेसनलका प्रमुख डाक्टर सुशील कोइराला गरेका थिए ।

बहुउद्देश्यीय विकास समाजका बरिस्ठ कार्यक्रम प्रवन्धक प्रकाश मदैले सुदुर पश्चिम सरकारको पहलमा अगाडि बढेको र देशभर अगाडि बढाउने प्रयास गरेको बताए। कार्यक्रमको मुख्य उदेश्य अस्पतालको बिरामी लोड धेरै र स्वास्थ्य जनशक्ति कम हुदा सरलीकरण गर्ने प्रयास साथै यसले गर्भवती महिलालाई सु-सिचित गराउनुको र अस्पतालमा संरचनागत्त स्वास्थ्य शिक्षा दिने कार्यक्रम रहेको बताए ।

कार्यक्रममा वालिङ् नगरपालिकाका १९ वटा स्वास्थ चौकाका स्वास्थ्यकर्मीहरु सहभागी रहेका थिए।भारत,इन्डोनेसिया,बंगलादेश लगायतका देशमा कार्यक्रममा सञ्चालन भएको मदैले जानकारी दिए ।


उद्घाटन कार्यक्रममा वालिङ् नगर प्रमुख कृष्ण खाँड,उपप्रमुख कविता तिवारी, लेखा शाखा प्रमुख भोजराज बगाले,स्वास्थ्य शाखा प्रमुख कमल पाण्डे लगायतको उपस्थिति रहेको थियोे ।

कार्यक्रम सञ्चालन गर्ने देशभरको स्थानीय सरकारमा वालिङ नगरपालिका पहिलो रहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal