ट्रेन्डीङ्ग

सुस्ताका हाकिमले व्यक्तिगत काममा प्रयोग गरेको सरकारी गाडि दुर्घटना

  • मनमौजी गर्छन सुस्तामा भुषाल
  • सुस्ता।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुषालले पारिवारिक शयर गर्न प्रयोग गरेको सरकारी गाडि दुर्घटनामा परेको छ । शुक्रवार सुनवल १२ हरकट्टामा गाउँपालिकाको स्र्कापियो गाडि बिपरीत दिशाबाट आईरहेको ट्रक संग ठोक्किएको हो ।

    बुटवलतर्फबाट फर्कदै गरेको गाउँपालिकाको प्र ०१-००१ झ ००६९ नम्बरको स्र्कापियो र बिपरीत दिशाबाट आउदै गरेको बा.प्र ०३-००१ ख ४८१९ नम्बरको ट्रक संग ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा गाउँपालिकाका सवारी चालकलाई सामान्य चोट लागेको छ भने अन्य शकुसल छन् । उक्त गाडि गाउँपालिकाका हाकिम भुषालले श्रीमतीको व्यक्तिगत कामका लागी प्रयोग गरेको बताइएको छ । सुस्तामा साढे दुई वर्ष देखि अड्डा जमाएका भुषालले विगतमा पनि सरकारी गाडिको व्यापक दुरुपयोग गर्ने गरेको गुनासो आउने गरेको थियो।

    श्रीमती बाल बच्चा समेत बोकेर व्यक्तिगत प्रयोजनमा उक्त सरकारी गाडि प्रयोग हुनुले पछिल्लो समय सरकारी गाडि प्रयोगमा गरिएको कडाईको विषयलाई धज्जी उडाइएको छ । घरायसी प्रयोजनका धेरै काममा सरकारी गाडिनै हाकिमले दौडाउने गरेको गाउँपालिका स्रोत बताउछ । नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले भने उहाँको दादागिरी चल्छ, अध्यक्षलाई त टेर्नुहुन्न अरु त के कुरा ।

    स्थानीय तहमा प्राय एक वर्षमा प्रमुख प्रशासकियत अधिकृत फेरबदल हुने गरेपनि सुस्तामा भुषाल साढे दुई वर्ष देखि बसिरहेका छन् । काग्रेस पृष्ठभूमि देखाएर सुस्ता पुगेका भुषाल काग्रेस एमाले सत्ताबाट बाहिरिएपछि झनै उग्र बनेको बताईन्छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?