ट्रेन्डीङ्ग

नवलपरासी तेक्वान्दो संघको अधिवेशन सम्पन्न, अध्यक्षमा धमेन्द्र निर्विरोध निर्वाचित

परासी।नेपाल तेक्वान्दो संघ नवलपरासीको प्रथम अधिवेशनबाट धर्मेन्द्र अग्रहरी निर्वाचित भएका छन।बिहिवार सम्पन्न अधिवेशन तथा निर्वाचनबाट अग्रहरिको अध्यक्षतामा ८ सदस्यीय समिति निर्बिरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत बिकास अधिकारीले जानकारी दिए।

त्यसैगरी नवनिर्वाचित समितिमा उपाध्यक्षमा रामजी यादव, कोषाध्यक्षमा बालगोविन्द यादव निर्विरोध चयन भएका छन।

त्यस्तै सदस्यमा क्रमशःलक्ष्मि केवट सहानी, रवि अधिकारी, चन्द्रबहादुर थापा,सुरेश पासवान र उमा तिवारी निर्विरोध निर्वाचित भएका छ्न।नवनिर्वाचित समितीलाई पद तथा गोपनियताको प्रमुख निर्वाचन अधिकृत बिकास अधिकारीले सपथ खुवाएका थिए भने लुम्बिनी प्रदेश सचीवले राजिव सिंह क्षेत्रीले सम्मान गरेका थिए।

नवगठित कार्यसमितिले जिल्लामा तेक्वान्दो खेलको विकास, खेलाडी उत्पादन तथा संगठन सुदृढीकरणमा सक्रिय भूमिका खेल्ने नवनिर्वाचित अध्यक्ष धर्मेन्द्र अग्रहरीले बताए।

नवनिर्वाचित समितिको पहिलो बैठकले उपाध्यक्षमा विशाल पौडेल ,सचीवमा सुरेश पासवान र टेक्निकल संयोजकमा तपन केवटलाई मनोनीत गरेको छ।१५ सदस्यीय हुने जिल्ला समितिमा १ जना अध्यक्ष,१ उपाध्यक्ष,१ कोषाध्यक्ष र ५ जना सदस्यको निर्वाचन र बाकी १ उपाध्यक्ष,१ सचिव १ जना प्रदेश प्रतिनिधि र ४ जना सदस्य निर्वाचित समितिले मनोनीत गर्ने बिधान रहेको छ ।

नवलपरासी जिल्ला तेक्वान्दो संघ मत परिणाम 2083

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal