
भदौ २६ ,गणेश एसके कञ्चनपुर । विप्लव नेकपा निकट अखिल क्रान्तिकारी कञ्चनपुरको १७ औं जिल्ला सम्मेलन टेकेन्द्र पाठकको नेतृत्वमा ३५ सदस्यीय जिल्ला समिति चयन गर्दै सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा केन्द्रिय सदस्य ओम प्रकाश पुनले सम्बोधन गर्दै वैज्ञानिक समाजवादी शिक्षा प्रणाली लागू गर्नका लागि अखिल क्रान्तिकारी ले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने बताएका छन् । नेपालको यो विडम्बना पूर्ण शिक्षा प्रणालीको पर्खाल भत्काउनु अहिलेको आवश्यकता रहेको बताएका छन । अहिलेको अवस्थामा सरकारी स्वामित्वमा रहेका स्कूल,कलेज, विश्वविद्यालय लगायतका शैक्षिक संस्था हरुमा पनि सर्वसाधारण जनताको पहुँच भन्दा बाहिर हुने कुरा ज्यादै नै अन्याय पूर्ण रहेको बताएका छन । यो किसिमको द्वेत शिक्षा प्रणाली खारेज गरी आम नागरिकहरुको प्रतिनिधित्व गर्ने खालको वैज्ञानिक समाजवादी शिक्षा लागू गर्न अनिवार्य र अपरिहार्य बनेको उहाँको भनाई थियो । त्यसका लागि हाम्रो पार्टीले भनेको वैज्ञानिक समाजवाद स्थापना गरी समान पहुंच सहितको गुणस्तरिय शिक्षा लागू गर्ने जिकिर गर्नु भएको छ । साथै उक्त समाजवाद जनमत संग्रह मार्फत आउने बताउँदै दलाल संसदीय व्यवस्था की वैज्ञानिक समाजवाद बीचको जनमत संग्रहको लागि आम सरोकार वाला निकाय तयार रहन अपिल गर्दै कार्यक्रम सफलताको शुभकामना दिएका छन ।
साथै सुभकामना मन्तव्य राख्ने क्रममा कार्यक्रमका अतिथि तथा अखिल क्रान्तिकारी का सेती महाकाली ब्युरो संयोजक वीरेन्द्र शाह ले बोल्दै हाम्रो संगठन पूर्ण रूपमा समाज,परिवेश देश र सिंगो यो राज्य व्यवस्था नै बदल्न लाई आफूहरु जनता माझ विभिन्न रचनात्मक कार्य हरू मार्फत वैज्ञानिक समाजवादी राज्य सत्ता निर्माण गर्न लागि परेको प्रस्ट्याएका छन् । यो दलाल पूँजीवादी व्यवस्थाको शिक्षा प्रणाली ले हाम्रो समाजमा दिन प्रति दिन युवाहरु लाई विदेश पलायन गराउने, बेरोजगार बनाउने तर्फ लगेको बताउँदै यसको विकल्प भनेको वैज्ञानिक समाजवादी शिक्षा हुने बताएका छन ।सो कार्यक्रममा जिल्ला सम्मेलन आयोजक समितिका सदस्य टेकेन्द्र पाठकले स्वागत मन्तव्य राखेका थिए भने सुभकामना मन्तव्य मा नेकपा कै केन्द्रिय सदस्य अग्नि धामी, राष्ट्रिय समाजवादी मञ्चका केन्द्रिय अध्यक्ष देविदत्त पाण्डे लगायत ले राखेका थिए । जिल्लाका पार्टी सचिव रमेश परियार (जीवन) ले प्यानल प्रस्तुत गरेका थिए भने बधाई मन्तव्यमा युवा संगठन का केन्द्रिय सदस्य भुवन कुंवरले राखेका थिए । नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष टेकेन्द्र पाठक, उपाध्यक्ष भरत विक , सचिव अर्जुन विक,कोषाध्यक्ष अनिल घरेडी,सह-सचिव हरिस ऐरी र सदस्यहरु लक्ष्मी शाह,चन्द्र टुकृया,पुस्पा धामी,कुसुम जोशी, जनक पन्त,प्रकाश लुहार लगायत चयन भएका छन् । कार्यक्रम सञ्चालन भरत विकले गरेका ।