
सुनवल।बाबा बर्दगोरिया धाम विकास संस्थाको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ।अधिवेशनले सर्वसम्मत पुन:नरपती पाण्डेको अध्यक्षतामा ११ सदसीय कार्यसमिति चयन गरेको छ।
जसको बरिस्ठ उपाध्यक्षमा लेखनाथ ढकाल,उपाध्यक्षमा लालप्रसाद कंडेल र सचिवमा उदयराज डुम्रे चयन भएको निर्वाचन समितिका संयोजक पेउ नारायण न्यौपानेले जानकरी दिए।
त्यसैगरी कोषाध्यक्षमा तारा पाण्डे र सहसचिवमा पुस्पा डुम्रे चयन हुदा सदस्यहरुमा क्रमश:अर्जून कुमार भट्टराई, छविकला ढकाल,महेन्द्र रेग्मी,मनिषा अधिकारी,भरत बहादुर पौडेल क्षेत्री चयन भएका छन।त्यसैगरी लक्ष्मण पाण्डेको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन गरिएको छ जसको सदस्यहरुमा सुमन श्रेष्ठ र लोकमणि अधिकारि रहेका छ्न।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका-११ केरवानी स्थित बाबा बर्दगोरिया धाम विकास संस्थाका अध्यक्ष नरपती पाण्डेको अध्यक्षतामा तथा लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेत आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बस्नेतले धार्मिक स्थलहरूलाई प्रवर्द्धन गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।उनले धाममा निर्माणाधीन संरचना बजेट अभावका कारण रोक्न नदिइने प्रतिबद्धता जनाउँदै धार्मिक पर्यटनको विकासले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने बताए।
बस्नेतले सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूले आफू मात्र जानकार हुँ भन्ने संकुचित सोच त्याग्न आवश्यक रहेको बताए। उनले भने नेतृत्वमा रहेका व्यक्तिहरूमा दूरदृष्टि र समन्वय कार्य बढाउनु पर्ने बताउदै विकास निर्माणका कार्यमा जस लिने प्रवृत्ति बढ्दै गएको छ, जुन अनुचित अभ्यास हो।धर्मप्रति बढ्दो सचेतना र महत्वपूर्ण स्थानहरूको प्रचार-प्रसारमा कमीका कारण ती स्थानहरू ओझेलमा परिरहेको बस्नेतेको भनाई छ।
त्यसैगरी जिल्ला समन्वय समिति प्रमुख भगौती यादव रुदलले बाबा बर्दगोरिया धाम जिल्लाको महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक स्थल भएकाले यसको संरक्षण र प्रवर्द्धनमा सबै पक्षले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए।
अधिवेशनकालाई पेउ नारायाण न्यौपानेको संयोजकत्वमा ३ सदस्य निर्वाचन मण्डल गठन गरिएको थियो जसको सदस्यमा सुर्य प्रसाद न्यौपाने र याम प्रसाद ढकाल रहेका थिए ।
कार्यक्रममा सुनवल नपा प्रवक्ता एव १३ का वडा अध्यक्ष कृष्ण बगाले, सुनवल–११ का वडा अध्यक्ष कमल चुवाइ र सुनवल–१२ का वडा अध्यक्ष चुडामणि पौडेल, चेम्बर अफ कमर्स नवलपरासीका उपाध्यक्ष पेउ नारायण न्यौपाने, सामुदायिक विद्यालय व्यवथापन महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष सुर्य प्रसाद न्यौपाने,उद्योग बाणिज्य संघ सुनवलका वरिष्ठ उपाध्यक्ष लेखनाथ खरेल लगायत मानार्थ सदस्य,आजीवन सदस्य, लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा संस्थाको विगत २ वर्षको नीतिगत योजना, आर्थिक प्रतिवेदन, सचिवको प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो।
संस्थाले विगत २ वर्षदेखि कक्षा ५ देखि ७ सम्मका लागि आवासीय गुरुकुल सञ्चालन गर्दै आइरहेको छ।हाल गुरुकुलमा २० जना छात्रहरू अध्ययनरत रहेको सचिव लेखनाथ ढकालद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ। बाबा बर्दगोरिया धाम ३२ बिघा क्षेत्रफलमा फैलिएको धार्मिक तथा ऐतिहासिक स्थल मानिन्छ।