ट्रेन्डीङ्ग

आठौं बर्दघाट महोत्सव पुष ८ गतेदेखि

बर्दघाट।बर्दघाट उद्योग वाणिज्य सँघको आयोजनामा आठौं बर्दघाट महोत्सव २०८१ आयोजना हुने भएको छ।सँघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको बारेमा जानकारी गराएको हो।

कृषि, पर्यटन, उद्योग र ब्यापार समृद्ध बर्दघाटको बलियो आधार भन्ने मूल नाराका साथ आयोजना गरिएको ब्यापार मेला पुस ८ गतेदेखि १८ गतेसम्म बर्दघाट मण्डपमा आयोजना गरिने सँघका महासचिव गंगा पाठकले जानकारी दिए।

नवलपरासी जिल्लालाई पर्यटकीय नगरीको रुपमा परिचित गराउँदै यस क्षेत्रका धार्मिक, ऐतिहासिक, साँस्कृतिक र जैविक विविधताको संरक्षण एवं प्रचार प्रसार गर्ने उद्देश्यले मेला आयोजना गरिएको साथै जिल्लामा उत्पादन हुने घरेलु एवं कुटिर उद्योगका उत्पादन समेत मेलामा प्रदर्शनी गरी आयोजक संस्थाका अध्यक्ष लेखनाथ न्यौपानेले जानकारी दिए।

मेलामा मुख्य आकर्षणको रुपमा आर टि फिसियल फिस टनेल दैनिक उपभोग्य वस्तु, साना तथा घरेलु उत्पादन, जडिबुटी तथा कृषि उत्पादन, शैक्षिक, स्वास्थ्य, बैँक तथा वित्तीय सँस्था, होटल रेष्टुरेण्ट, बाल उद्यान र कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ।

मेलाका स्थानिय घरेलु उत्पादनलाई निशुल्क स्टलको व्यवस्था गरि प्रर्वद्धन गर्ने संघले जनाएको छ।महोत्सवमा सामान्य टिकट दर ८० रुपैँया, विद्यार्थीलाई ६० रुपैयाँ र सामाजिक सुरक्षा भत्ता प्राप्त जेष्ठ नागरिकलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको जनाईएको छ ।मेलामा उद्योग वाणिज्य आबद्द व्यापारीले व्यवसायी गर्न चाहेमा ५०% सम्म छुटको व्यवथा राखिएको छ ।

मेला सञ्चालनका लागि करिव ६० लाख रुपैयाँ खर्च लाग्ने र करिव ३ करोडको कारोवारको अपेक्षा रहेको जानकारी गराइएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal