ट्रेन्डीङ्ग

विप्लव नेतृत्वको नेकपा सहित तिन दलको एमसीसी विरुद्ध अछाममा प्रदर्शन

कमल विक , माघ २६,अछाम ।
एम सी सी सम्झौता र पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य वस्तुमा भएकाे मुल्यवृद्धि विरुद्ध विप्लप नेतृत्वको नेकपा सहित विभिन्न तिन दलले बिरोध प्रदर्शन गरेका छन् । अछामको कमलबजारमा सम्युक्त रणनैतिक मोर्चाका तिन दल विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनवैद्य नेतृत्वकाे नेकपा (क्रान्तिकारी माओवादी) र आहुति नेतृत्वकाे वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी को सम्युक्त बिरोध सभा बुधबार सम्पन्न भएको हो। एम सी सी परियोजना रास्ट्रघाती भएकाे भन्दै नेपाल कम्युनिष्ट पार्टी लगायत क्रान्तिकारी पार्टी र जनता हरूले ब्यापक बिरोध गरिरहेका छन् तर सत्ताधारी दलहरु एम सी सी परियोजना संसदबाट पास गर्ने आन्तरिक तयारी गरिरहेका छन्।
बुधबार आयोजित बिरोध सभालाई प्रमुख वक्ताको रुपमा संबोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति सचिव तपेन्द्र तिमिल्सिनाले एम सी सी परियोजना नेपाल र नेपालीको हितमा नरहेको जिकिर गर्नु भएको छ। अमेरिकि साम्राज्य बादले नेपालमाथि बेलाबेला हस्तक्षेप गरिरहेको भन्दै उहाले एम सी सी परियोजना पनि नेपालकाे राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र सार्वभौमिकता माथि गंभिर खतरा निम्त्याउनेकुरा स्पष्ट रहेको बताउनु भएको छ। यस्तो रास्ट्रघाती परियोजनालाई देशभक्त जनताले कुनै हालतमा नसुइकार्ने जनाउनु भएको छ। त्यसका विरुद्ध सम्पुर्ण देशभक्त नागरिक एकजुट भएर लडन आग्रह गर्नु भएको छ। नेपाल प्रहरीले नेकपा कार्यक्रताको हिसाब राख्न खोजेको भन्दै उहाँलाई दलाल, भ्रष्ट, रास्ट्रघाती हरूको हिसाब राख्न चुनौती दिनु भएको छ। राज्यका दलालहरुले रास्ट्रघाती एम सी सी परियोजना जनतालाई भुलाएर लागु गर्न खोजेको भन्दै पास गर्ने दुसाहस नगर्न चेतावनी समेत दिनु भएको छ। साथै पेट्राेलियम पदार्थमा भएकाे मूल्य वृद्धिका कारण आम दैनिक उपभोग्य वस्तुको मूल्य बढीरहेको हुँदा सर्बसाधारण जनतालाई जीवनयापनमा समस्या पारिरहेको र त्यसलाई तत्काल फिर्ता लिन र महङ्गी नियन्त्रण गर्न सरकारलाई आग्रह गर्नु भएको छ।
त्यस्तै अर्का वक्ता नेकपा (क्रान्तिकारी माओबादी) जिल्ला कमिटी सचिव शिवराज बजगाई (सितल) ले राष्ट्रघाती एम सी सी सम्झौता अनुमोदन गर्ने दलालहरुले आफनो भविष्यको हेक्का राख्न चेतावनि दिनु भएको छ।
त्यस्तै अर्का वक्ता वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल सुदुरपश्चिम प्रदेशका संयोजक पुष्प भण्डारीले नेपाली जनतालाई पुरानो तरिकाले झुक्याउन नसकिने भन्नु भएको छ। नेपाली जनताले बुजी बुजी सकेकोले दलालहरुलाई परास्त गरिछाड्ने बताउनु भएको छ।
कार्यक्रमको संचालन नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति सचिवालय सदस्य तथा कार्यालय सचिव लोकेन्द्र बहादुर शाहीले गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal