ट्रेन्डीङ्ग

एमसिसी पास भए राष्ट्र मुक्ति युद्ध हुन्छ:रुपेश

माघ २६, लमजुङ।नेपाल कम्युनिस्ट पार्टी लमजुङले राष्ट्रघाति सम्झौता एमसिसिका विरुद्ध प्रदर्शन गरेको छ।जिल्लाको बेसिशहरको शेरा चोकमा एमसिसि विरुद्ध नाराबाजी सहित कोणसभा परिणत भएको थियो ।

कोणसभालाइ सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य तथा लमजुङ जिल्ला इन्चार्ज कृष्ण वाग्ले ‘रुपेश’ले एमसिसि नेपाली जनताको हितमा नरहेको र यो कुनै पनि हालतमा पास गर्नु हुदैन भनेका छन ।उनले ‘नेपालमा जनयुद्ध त नहोला तर राष्ट्रिय मुक्ति युद्ध अबस्य हुने छ र त्यसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले क्रान्तिकारी,देशभक्त जनताहरुको साथमा गर्ने छ ।

नेपालमा पैसाको अभाव छैन यहाँ बुद्धिको अभाव छ ,देशलाई नै दाउमा राखि आफ्नो देशको स्वतन्त्रता लाइ बिक्री गरेर, सार्बभौमसत्तालाई बिक्री गरेर ६५ अर्बको लागि भिक माग्दै हिड्ने यि भिखारि नेताहरु,यि सांसदवादि नेताहरूको बुद्धिमा खिया लागेको छ,यिनिहरु राष्ट्रघाति भएका छन यिनिहरु दलाल भएका छन ।

यस अघि पनि अमेरिकाको धेरै पैसा आयो , यहाँ सेभ द चिल्ड्रेनको नाममा,AIDS को नाम मा,UN को नाममा, महिला,दलित,जनजाति,युवा को नाममा २०४८ साल देखि धेरै पैसा आयो तर त्यो पैसामा नेताहरुको घर बन्यो, प्रशासनहरुको घर बन्यो पैसामा भ्रस्टाचार भयो यो केहि पनि काम लागेन र २८ साल देखि नेपालमा आएका अमेरिकाको मिसन सफल भएको छैन ।

५० लाख युवा बिदेशमा बेचेर कमिसन खाने दलाल ब्याबस्था बाट यो देशमा समृद्धिका बाट हुन्छ ? उनले अन्य राजनीति दलमाथि प्रहार गर्दै , आज काङ्ग्रेस बिपिको विरुद्धमा उभिएको छ, नेपालका राजनीतिक दलहरु,एमाले ,काङ्ग्रेसर माओवादी सबै राष्ट्रघाति सम्झौतामा मुछिएको छ ,के के न गर्छु भन्ने त्यो माओवादी काङ्ग्रेस भन्दा पनि गए गुज्रिएको छ ,पुरै सिल्लि छ ।अनि यि राष्ट्रघाति दलालहरुबाट देश को रक्षाको आशा गरेर हुन्छ ? ”

यस्तै कार्यक्रममा बोल्दै किसान महासंघका केन्द्रिय अध्यक्ष हरि श्रेष्ठले यो राष्ट्रघाति ,जनघाति एमसिसिका बिरुद्ध आम नेपाली किसानहरु एक जुट हुन आह्वान गर्नु भयो,उनले ‘यदि एमसिसि सम्झौता पास गर्छन भने किसान ले मुला काटे झै काट्नु पर्ने बताएका हुन ।

एमसिसि विरुद्धको बिरोध कार्यक्रममा जिल्लाका प्रमुख नेताकार्यकर्ता, विद्यार्थी लगाएको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा लमजुङ जिल्ला इन्चार्ज राजन साउद ले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?