ट्रेन्डीङ्ग

सिन्धुपाल्चोक:नेपाल र चिनको सिमानामा नेकपाद्वारा एमसिसि विरुद्धको कार्यक्रम सम्पन्न

माघ २६, सिन्धुपाल्चोक।एमसिसी सम्झौता विरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा तातोपानी भंसार कार्यालय अगाडि जनप्रदर्शन सहित सभा सम्पन्न गरेको छ।

कार्यक्रमलाई नेकपा सिन्धुपाल्चोकका विशेष कमिटी सदस्य मुकुन्दले सम्बोधन गर्दै एमसिसी सम्झौता संसदबाट पास गरेर अमेरिकाले नेपालमा आफ्नो सैन्य अखडा अगाडी बढाउने बताउनु भएको थियो।कोशी सम्झौता काङ्ग्रेसले गरेको सम्झना गर्दै फेरि एमसिसि सम्झौता गरे कांग्रेसले इतिहासकै महाभुल गर्ने सो भुल नगर्न चेतावनी दिनु भयो।

कार्यक्रमको अध्यक्षता भोटेकोसी गापाको सेक्रेटरी रामचन्द्रले गर्नु भएको थियो भने बिशेष अतिथिको रुपमा मोहन बिक सविनले सम्बोधन गर्नु भएको थियो र कार्यक्रम संचालन तथा नाराको नेतृत्व अखिल (क्रान्तिकारी)का केस रविन्द्र चौलागाईंले गर्नु भएको थियो ।

कार्यक्रमको सुरुवातिमा एमसिसि परियोजना रास्ट्रघाती ,जनघाती र यस्ले भविस्यमा नेपाल र नेपालीलाई पर्ने पीडा र भोग्नुपर्ने दुखकष्ट अनि अमेरिकी साम्राज्यवादको गुलामी बन्नुपर्ने बाध्यता साथै नेपाललाई प्रयोग गरेर चीन घेराबन्दी गर्ने रणनीति रहेको भन्दै रबिन्द्रले प्रस्टाउनु भयो।

त्यसैगरी सबिनले पनि एमसिसी सहयोगको नाममा छिर्ने र भोलि अफ्गानिस्तानलाई जस्तो कब्जा गर्ने रणनिती गरेको र यस्लाई खारेजी गर्नु नै हाम्रो कर्तव्य रहेको कुरा जानकारी गराउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी मुकुन्दले एमसिसि मार्फत देश विदेशीलाई हस्तान्तरण गर्न खोजेको र अन्तरास्ट्रिय आर्थिक प्रणालीमा कोरोना पछि चीन अमेरिका भन्दा माथी रहेको र नेपालमा रहेर तिब्बत टुक्क्राउने र मिसाईलबाट चिनमा आक्रमण गर्ने रणनीति रहेको,अहिलेको बढ्दो महङी , तातोपानी नाकामा मजदुरले भोग्नु परेका दुख ,Silk Transport र Namaste Transport को एकलौटी दबदबा,मजदुरहरुको ज्याला वृद्धि हुनुपर्ने माग र भन्सारमा गाडिको क्युउ सबैलाई समान हुनुपर्ने बताउनु भयो।


विद्यार्थी केन्द्रिय सदस्य रबिन्द्रले एमसिसिको विवादित बुदाहरु सर्सर्तिरुपमा राख्दै स्पस्ट व्याख्या समेत गर्नुभएको थियो। अहिलेको दलाल पुजीवादी संसदिय ब्यबस्था भित्रका पार्टी र तिनका नेताहरुलाई तातोपानी बाटै यदि एमसिसि पास भए र एमसिसिको पक्षमा मतदान गर्ने सांसदलाई नछोड्ने चेतावनी समेत दिनुभयो।

उल्टै प्रधानमन्त्री शेर बहादुर देउवालाई तिमिलाई जनता संग मात्र होइन,देशभक्त ,रास्ट्रवादी तिम्रै सुरक्षाकर्मी बाट पनि तिमिलाई सुरक्षा नहुने र यदि एमसिसि जबर्जस्ति लाद्न खोज्यौ भने अलि ख्याल गरेर हिड्न समेत आग्रह गरेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal